विवाहपछि लाइट ग्रीन लुक्समा काजल
मुम्बई । ‘सिंघम’ अभिनेत्री काजल अग्रवालले हालै ब्यवसायी गौतम किचलुसँग विवाह गरेकी हुन् । उनको विवाह तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । काजल आफैंले पनि विवाह समारोहको फरक–फरक क्रियाकलापको तस्बिर फ्यानका साथ शेयर गरिरहेकी छन् ।
मेहन्दी, हल्दीको अलवा काजलले अहिले विवाहपछि महत्वपूर्ण मानिएको गौर पूजाको केही तस्बिर समेत शेयर गरेकी छन् । पूजामा काजलले चम्किलो कलरको ग्रीन लेहेङ्गा लगाएकी छन् । जसमा उनी निकै सुन्दर र आकर्षक देखिएकी छन् । उनको यो ड्रेस डिजाइनर अनिता डोन्गरेले गरेका हुन् । ड्रेसका साथ उनले अनिताकै ब्राण्डको गहना र पोनी हेयरस्टाइल समेत बनाएकी छिन् । यो गेटअपमा उनले केही तस्बिर पोज समेत दिएकी छन् । जसलाई फ्यानले मन पराएका छन् ।

काजल बलिउडको अलवा साउथ फिल्मकी पनि चर्चित अभिनेत्री हुन् । उनले २००४ मा विवेक ओबराय र ऐश्वर्या रायको फिल्म ‘क्या हो गया ना’बाट अभिनयमा डेब्यु गरेकी हुन् । साउत फिल्म भने उनले २००७ को ‘लक्ष्मी कल्याणम’ बाट डेब्यु गरेकी थिइन् । उनले तमिल, तेलुगुका कयौं सुपरहिट फिल्ममा पनि काम गरेकी छन् । बलिउड भने उनले २००४ को फिल्म ‘सिंघम’ बाट डेब्यु गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण