संसद भवनलाई चिटिक्क बनाउन मन्त्रीको निर्देशन
काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले संसद अधिवेशन हुनुअघि व्यवस्थापिका संसद भवनलाई चिटिक्क बनाउन आग्रह गरेका छन् । उनले संसद भवनको सरसफाई र सौन्दर्यता कायम गर्न कुनै कन्जुस्याइ नगर्न निर्देशन समेत दिए ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (हालको व्यवस्थापिका संसद भवन)को निरीक्षण गर्न मंगलबार दिउँसो केन्द्रमा पुगेका मन्त्री श्रेष्ठले भवनका सबै पक्ष चुस्त र दुरुस्त राख्न निर्देशन दिए । मन्त्रालय अन्तर्गत रहेको सो केन्द्र २०६५ सालदेखि संसद भवनको रुपमा प्रयोग हुँदै आएको छ । मन्त्री श्रेष्ठले भवनमा रहेको लाइट र साउण्ड सिष्टमलाई व्यवस्थित गर्न समेत निर्देशन दिए ।
उनले संसद भवनमा रहेको प्रधानमन्त्री केपी शर्माओली र सभामुख अग्नीप्रसाद सापकोटाको कार्यकक्ष समेत निरीक्षण गरेका थिए । सिंहदरबारमा निर्माणाधीन संसद भवन तयार नभएसम्म सोही भवनमा संसद अधिवेशन हुनेछ । मन्त्री श्रेष्ठले भवनको निरीक्षण गर्दै बिग्रिएका संरचना तत्काल मर्मतसम्हार गरी भवनलाई साच्चिकै संसद भवनको रुपमा पहिचान गराउनुपर्ने बताए ।
विकास समितिका अध्यक्ष एवं शहरी विकास मन्त्रालयका सचिव डा.रमेशप्रसाद सिंहले सिंहदरबारमा संसद भवन निर्माण भएपछि सो केन्द्रलाई कसरी व्यावसायिक रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना तयार गर्न निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण