प्रचण्डले बोलाए दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक
काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयका नेताहरूको बैठक बोलाएका छन् ।
प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अध्यक्षले दिउसो ३ बजे पार्टी कार्यालयमा धुम्वाराहीमा सचिवालयका नेताहरुलाई छलफलका लागि बोलाएका हुन् ।
पार्टीभित्र उत्पन्न संकट समाधानका लागि प्रचण्डले अरू नेतासँग छलफल गर्न बैठक बोलाएका हुन् । पार्टी कार्यालयमा हुने छलफलका आधारमा के गर्ने भन्ने निक्र्योल हुने सचिवालयका एक सदस्यले रातोपाटीलाई बताए ।
बिहीबार अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा कुराकानी भएपनि सहमति जुट्न सकेको थिएन । गत शनिबार ओली र प्रचण्डबीच भएको सम्वादमा ओलीले बैठक बोलाउन अनिच्छा देखाएका थिए ।
साथै उनले बैठकका निर्णय समेत नमान्ने संकेत गरेका थिए । त्यसपछि बुधबार र बिहीबार ओलीले आफ्नो राजीनामा मागिएको भन्दै पार्टी नेताहरुमाथि आक्रोश पोखेका थिए ।
यसैबीच शुक्रबार अधक्ष प्रचण्डसँग छलफल गर्न नेकपा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाग खुमलटार पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण