शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

१३ बर्षपछि रिलिज हुँदैछ कपिल शर्माको डेब्यु फिल्म, हिरोइन भइसकिन् दुई बच्चाकी आमा

शुक्रबार, २१ कात्तिक २०७७, १२ : ०६
शुक्रबार, २१ कात्तिक २०७७

मुम्बई – अक्सर फिल्म निर्माणका लागि बढीमा एक वा  दुई बर्ष लाग्ने गर्दछ । तर, बलिउडमा यस्तो फिल्म पनि छ । जुन निर्माणका लागि एक, दुई नभएर १३ बर्ष लागेको छ ।

निर्माणमा १३ बर्ष लागेको फिल्म ‘इट्स माइ लाइफ’को अहिले रिलिज डेट सार्वजनिक भएको छ । २९ नोबेम्बरमा ओटीटी प्लेटफर्म, थिएटर नभएर सिधैँ  टिभी च्यानलमा फिल्म रिलिज हुँदैछ । फिल्म रिलिजको लागि धेरै समय लागेको छ । यसमा काम गर्ने सबै कलाकार धेरै अगाडि बढि सकेका छन् ।

फिल्मको हिरोइन जेनेलिया डिसुजा बिवाह गरेर पनि दुई बच्चाको आमा बनिसकेकी छन् । यसका एक अभिनेता हरमन बावेजा अभिनयबाट रिटायर भैसकेका छन् । फिल्ममा हरमनको बुबाको भुमिका निर्बाह गर्ने नाना पाटेकर मिटु कान्डमा नाम आएपछि अहिले अभिनयभन्दा बाहिर छन् । 

१३ बर्ष अगाडि अहिलेका चर्चित कमेडियन कपिल शर्माले ‘ग्रेट इन्डिया लाफ्टर च्यालेन्ज’को तेस्रो सिजन जितेपछि यो फिल्ममा काम गर्ने मौका पाएका थिए । त्यतिबेला कपिल आफ्ना साथीहरुलाई फिल्म सुटिङका किस्सा धाकले सुनाउने गर्दथे । तर, यो फिल्म रिलिज हुन भने सकेको थिएन । 

फिल्मका निर्माता बोनी कपुरले २००६मा रिलिज भएको सिद्धार्थ, प्रकाश राज र जयसुधा अभिनित फिल्म ‘बोम्मारिलु’को हिन्दी रिमेक राइट किनेर चर्चित लेखक अनीस बज्मीसँग मिलेर यो फिल्म बनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप