शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

मंसिर १ गतेदेखि पूर्णरूपमा पर्यटन गतिविधि खुल्ला  हुन्छः मन्त्री भट्टराई

शुक्रबार, २१ कात्तिक २०७७, १८ : ४४
शुक्रबार, २१ कात्तिक २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिर १ गतेदेखि पूर्णरूपमा पर्यटकीय गतिविधि खुल्ला गर्ने बताएका छन् । शुक्रबार सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षण गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै अब पर्यटकीय गतिविधि सञ्चालन गरिने भट्टराईले बताए ।   सोही अवसरमा मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमनको वर्षका रुपमा समेत अघि बढाइने बताएका छन् । 

यसका लागि सबै क्षेत्रबाट कोभिड स्वास्थ सुरक्षा विधिहरु अपनाउदै आ–आफ्नो क्षेत्रबाट पर्यटन प्रवर्द्धनमा लाग्न समेत मन्त्री भट्टराईले अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप