मंसिर १ गतेदेखि पूर्णरूपमा पर्यटन गतिविधि खुल्ला हुन्छः मन्त्री भट्टराई
शुक्रबार, २१ कात्तिक २०७७, १८ : ४४
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिर १ गतेदेखि पूर्णरूपमा पर्यटकीय गतिविधि खुल्ला गर्ने बताएका छन् । शुक्रबार सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षण गर्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन् ।
कोरोना भाइरस रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै अब पर्यटकीय गतिविधि सञ्चालन गरिने भट्टराईले बताए । सोही अवसरमा मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमनको वर्षका रुपमा समेत अघि बढाइने बताएका छन् ।
यसका लागि सबै क्षेत्रबाट कोभिड स्वास्थ सुरक्षा विधिहरु अपनाउदै आ–आफ्नो क्षेत्रबाट पर्यटन प्रवर्द्धनमा लाग्न समेत मन्त्री भट्टराईले अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण