विजय सुनिश्चित भएपछि बाइडेन समूहले निकाल्यो यस्तो विज्ञप्ति
एजेन्सी । अमेरिकाको ४६ औं राष्ट्रपतिका विजयी हुने सुनिश्चितजस्तै भएपछि जो बाइडेनको चुनावी प्रचार समूहले आफ्नो अभियान समाप्त भएको जनाएको छ । ‘अमेरिकी जनताले म र उपराष्ट्रपति कमला ह्यारिसलाई गरेको विश्वासले म सम्मानित र खुसी भएको छु । अनपेक्षित अवरोधहरुको समयमा किर्तिमानी संख्यामा अमेरिकीहरुले भोट खसालेका छन् ।
यसले अमेरिकीहरुको हृदयमा प्रजातन्त्र गहिरोसँग ढुकढुक गर्छ भन्ने फेरि एकपटक प्रमाणित भइरहेको छ,’ प्रचार समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ अभियान समाप्त भएको छ । यो समय क्रुर बोली र आक्रोशलाई हाम्रो पछाडि छाड्ने र देशका रुपमा एकजुट हुने समय हो । यो अमेरिकालाई एकत्रित गर्ने र निको बनाउने समय हो । हामी संयुक्त राज्य अमेरिका हौं । र, यदी हामीले एकसाथ गर्यौं भने हामीले गर्न नसक्ने केही छैन ।’
२० इलेक्टोरल मतसंख्या रहेको पेन्सिलभेनियामा बाइडेन विजयी भएसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उनको विजय सुनिश्चित भएको प्रोजेक्सन गरेका हुन् । अमेरिकी राष्ट्रपति बन्नका लागि २ सय ७० इलेक्टोरल मत आवश्यक छ, बाइडेनको पक्षमा योभन्दा धेरै मत आइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु बीबीसी, फक्स न्युज, सिएनएन, एशोसियट प्रेसलगायतको प्रक्षेपण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण