बाइडेनले भने– ‘भोट हाल्ने र नहाल्ने सबैको राष्ट्रपति बन्छु’
एजेन्सी । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा विजय सुनिश्चित गरेका जो बाइडेनले सबैको राष्ट्रपति बन्ने वाचा गरेका छन् । उनले ट्वीटरमा लेखका छन्, ‘अमेरिका, म सम्मानित छु कि तिमीले मलाई यो महान् देशको नेतृत्व गर्न चयन गरेका छौं । हाम्रो अगाडीको काम गाह्रो हुनेछ, तर म वाचा गर्छु– मलाई भोट गर्ने र नगर्ने सबै अमेरिकीहरुको राष्ट्रपति हुनेछु । तपाईहरुले मलाई जुन ठाउँमा पुुर्याउनुुभएको छ, त्यो विश्वासलाई म कायम राख्नेछु ।’
पेन्सिलभेनियामा डेमोक्रेटिक पार्टीको जित तय भएसँगै बाइडेनका लागि ह्वाइटहाउसको ढोका खुल्ने पक्का भएको हो । राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २ सय ७० भन्दा धेरै इलेक्टोरल मत बाइडेनको पक्षमा देखिइसकेको छ । अल जजिरा, फक्स न्युजलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बाइडेनलाई कम्तिमा २ सय ९० मत प्राप्त हुने प्रोजेक्सन गरेका छन् । यी सञ्चारमाध्यमले नेभादा र एरिजोनामा पनि बाइडेन विजयी भएको प्रक्षेपण गरका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण