रोहनप्रितका साथ हनिमुन मनाउन दुबई पुगिन् नेहा
मुम्बई । हालै रोहनप्रित सिंहसँग विवाह गरेकी चर्चित गायिका नेहा कक्कड हनिमुन मनाउन दुबई पुगेकी छन् । उनले बिवाह पछि पहिलो करवाचौथ ब्रत समेत राखेकी थिइन् । हालै नेहाको विदेशको भिडियो सार्वजनिक भएको छ । उनले नै आफ्नो इस्टाग्राममार्फत होटलको भिडियो शेयर गरेकी हुन् । भिडियोमा सेतो र रातो कलरको फूलले दिल बनाइएको छ । कोठा पनि निकै रोमान्टिक तरिकारले सजाइएको छ ।
यस अगाडि नेहाको मुम्बई एयरपोर्टको भिडियो बाहिर आएको थियो । भिडियोमा नेहा कफि खाँदै गरेको अवस्थामा देखिएकी छन् । जहाँ नेहा निकै खुसी देखिएकी छन् । नेहाले रोहनप्रितसँग गत २४ अक्टुवरमा बिवाह गरेकी हुन् । उनको बिवाहको हरेक क्रियाकलापको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

नेहा र रोहनप्रित केही समय अगाडिदेखि एक अर्काेको डेटमा रमाउँदै आएका थिए । नेहाभन्दा रोहनप्रित ७ वर्षले कान्छा छन् । रोहनप्रितले २००७ को रियालटी शो ‘सा रे गा मा पा लिल च्याम्स’बाट करियर शुरुवात गरेका थिए । यसपछि रोहनप्रित २०१८ को ‘राइजिङ स्टार २’मा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण