सिरहाको कर्जन्हा नगरपालिकाबाट माओवादीको पहिलो खाता
मेयर र उममेयर दुवै माओवादी विजयी
सिरहा– नेकपा माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाबाट पहिलो खाता खोलेको छ । कर्जन्हा नगरपालिकाको मेयर र उपमेयर दुवैमा माओवादी विजयी भएको छ ।
माओवादी केन्द्रका मेयर पदका उम्मेदवार गंगा पासवानले ४ हजार ३ सय ९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामदयाल महतोले ३ हजार एक सय ९० मत प्राप्त गरे ।
यस्तै, उपमेयरमा पनि माओवादी केन्द्रकै ज्ञानकुमारी श्रेष्ठ निर्वाचित भएकी छन् । श्रेष्ठ ४ हजार ३ सय १६ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । श्रेष्ठकी निकटमत प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अन्जुकुमारी रायले २ हजार ९ सय ४५ मत प्राप्त गरिन् ।
कर्जन्हा नगरपालिकाको वडा २ र ६ मा एमालेमा उम्मेदवार विजयी भएका छन् भने अन्य सबै वडा अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।
१५ हजार ७ सय ७४ मतदाता रहेको यो नगरपालिकामा १२ हजार १ सय ६२ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण