शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

१० वर्षपछि बलिउडमा कमब्याक गर्दै तनुश्री, घटाइन् १५ किलो तौल

बुधबार, २६ कात्तिक २०७७, १४ : ३९
बुधबार, २६ कात्तिक २०७७

मुम्बई । अभिनेत्री तनुश्री दत्ता बलिउडमा कमब्याक हुने भएकी छन् । बलिउड कमब्याक गर्नका लागि उनी पुरै तयार छिन् । आफू छिट्टै  फिल्म क्षेत्रमा कमब्याक हुने उनले सामाजिक संजाल मार्फत जानकारी दिएकी छिन् ।
अभिनेत्री दत्ताले इस्टाग्राममा आफ्नो सुन्दर तस्बिर शेयर गरेर लेखेकी छन् ‘केही पुरानो समाचार बाहिर आएको छ कि म लस एन्जलसमा आइटीको काम गरिरहेको छु । हो मैले आइटीको ट्रेनिङ गरेको थिएँ र युएसको सरकारको डिफेन्स सेक्टरमा राम्रो कामको अवसर पनि थियो । तर, म कलाकारको रुपमा आफ्नो करियर फेरि सुरु गर्न चाहान्छु ।’

दत्ताले आफूले अभिनय करियर छोड्न नसक्ने समेत बताएकी छन् ।

‘मलाई बलिउड र मुम्बईमा केही धेरै राम्रो मानिस समेत मिलेका थिए । त्यसैले म भारत फर्किदै छु’ उनले अगाडि थपेकी छन् ‘म केही समय बस्छु र केही राम्रा प्रोजेटमा काम गर्छु ।’ उनले बलिउडबाट फिल्म तथा वेभ सिरिजका लागि काम गर्ने अफर समेत  आइरहेको खुलाएकी छन् ।

दत्ताले बलिउड कमब्याकका लागि आफूले १५ किलो वजन घटाएको समेत बताएकी छन् । दत्ता पछिल्लो समय सन् २०१०मा फिल्म ‘डिपार्टमेन्ट’ र ‘रामाः द सर्वाईवर’ देखिएकी थिइन् । उनले १० वर्षपछि बलिउडमा कमब्याक गर्न लागेकी हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप