महाधिवेशन कार्यतालिका फेर्दै कांग्रेस
काठमाडौं – आगामी ७ देखि १० फागुनमा पार्टीको १४औं महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्षपछि नयाँ खाकाको तयारी थालेको छ ।
केही दिनदेखि नियमित बस्दै आइरहेको पदाधिकारीसहितका केही शीर्ष नेताहरूको अनौपचारिक बैठकमा पार्टीभित्र देखिएका विवाद मत्थर हुँदै गएपछि कांग्रेसले वडा तहदेखि केन्द्रसम्मकै महाधिवेशनको मिति परिमार्जन गर्न लागेको हो ।
पछिल्ला केही महिनायता कांग्रेसभित्र सभापतिले गठन गरेका विभाग, भ्रातृ संस्थासहित शुभेच्छुक संस्थाहरूको थप गरिएका म्याद, क्रियाशील सदस्यता वितरण, समायोजनलगायतमा विवाद रहँदै आइरहेको थियो ।
तर, ती विषयमा असन्तुष्ट पक्ष मानिएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूह ब्याक हुने मनस्थितिमा पुगेपछि कांग्रेस महाधिवेशनको कार्यतालिका परिमार्जनको तयारीमा लागेको हो । तर, वरिष्ठ नेता पौडेलले भने सो विषयमा मुख खोलेका छैनन् । यस्तै, सभापति शेरबहादुर देउवा पनि आफैं नबोली महामन्त्रीद्वय पूर्णबहादुर खड्का र शशांक कोइरालालाई खाका बनाउने जिम्मेवारी दिएका छन्् ।
दुई महामन्त्रीले आफ्नो पक्षका केही नेताहरूलाई राखेर प्रस्ताव तयार पारेपछि २८ कात्तिकमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्नेछन् । महामन्त्री खड्काले नेताहरूबीच अझै पनि धेरै विषयमा छलफल भइरहेको र केही विषय टुंगिन बाँकी रहको बताए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण