जनकपुरमा कार दुर्घटना, चालकको मृत्यु
शुक्रबार, २८ कात्तिक २०७७, १३ : १४
जनकपुर । जनकपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ मा बा २० प ६८३१ नम्बरको कार अनियन्त्रित भई पुलबाट नालामा खस्दा कार चालककै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाधामबाट जनकपुर आउने क्रममा कार दुर्घटना भएको जनाइएको छ ।
दुर्घटनामा धनुषाधाम नगरपालिका वडा नम्बर ९ बस्ने ४५ वर्षीय चालक विजय शर्माको मृत्यु भएको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । उनले भने– ‘कार चालक नै कार धनी समेत रहेकाले कार चलाउने क्रममा प्राविधिक गडबडीले मोड्न नसकेपछि अनियन्त्रित भई पुलबाट तल नालामा खसेको अनुमान छ ।’ मृतक शर्माको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण