सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सही व्यक्ति छनौट गर्न नसकेमा समग्र निजी क्षेत्रका लागि चुनौती थपिने निश्चित छः चन्द्रप्रसाद ढकाल

शुक्रबार, २८ कात्तिक २०७७, १५ : ०७
शुक्रबार, २८ कात्तिक २०७७

काठमाडौं । प्रदेश नम्बर १ का जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अधिकांश अध्यक्षहरुले जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका लागि चन्द्रप्रसाद ढकालको टीमले मात्र गर्न सक्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि देशव्यापी चुनावी दौरानमा रहेको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टिमलाई एक नम्बर प्रदेशका जिल्ला तथा नगर अध्यक्षहरुले पूर्ण समर्थन गरेका हुन् । 

निर्वाचन अभियानअन्तर्गत बिहिबार धरान पुगेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल र उनको टिमका तर्फबाट जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारहरुलाई स्वागत गर्दै १ नम्बर प्रदेशका १७ भन्दा बढी जिल्ला नगर अध्यक्षहरुले उक्त कुरा बताएका हुन् । मोरङ उद्योग संगठनका अध्यक्ष भिमप्रसाद घिमिरेले ढकाल प्यानललाई विराटनगर विमानस्थलमा स्वागत गर्दै आसन्न निर्वाचनका लागि अग्रिम बधाई तथा शुभकामना दिएका थिए । 

‘बिहिबार धरानको भेडेटारमा आयोजित कार्यक्रममा एक नम्बर प्रदेशका अधिकांश जिल्ला तथा नगर अध्यक्षहरुले अहिलेको अवस्थामा ढकाल नेतृत्वको टीमले मात्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधान गर्न सक्नेछ भन्दै जिल्ला दौडाहामा रहेको ढकाल प्यानललाई स्वागत तथा जीतको अग्रीम बधाई दिएका थिए । कार्यक्रममा उपस्थित जिल्ला नगरका अध्यक्षहरुले भने, ‘ढकाल प्यानलसँग हाम्रो मन र एजेण्डा मिलेकाले समर्थन र सहयोग गरेका छौँ, तसर्थ उक्त टीमलाई जिताउन हृदयदेखि नै सबैसँग आग्रह गरेका छौं ।’ 

यसअघि महासंघका धेरै अध्यक्षहरु भएपनि उनीहरुले आफ्नो कार्यकाल बिताएर रिटायर्ड भएर जिल्ला नगरका उद्योगी व्यवसायीका समस्यालाई वास्ता नगरेको र हालसम्म पूर्व अध्यक्ष चन्डीराज ढकालले मात्रै समस्या समाधानका लागि खटेको भन्दै उनले समर्थन गरेको टीमलाई आफुहरुले जिताउने जिल्ला नगरको अध्यक्षहरुलले प्रतिवद्धता जाहेर गरेका थिए । 

साथै यसअघिका अध्यक्षहरुले उद्योगी व्यवसायीका समस्या पर्दा फोन समेत नउठाएको गुनासो गर्दै वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले सहज रुपमा भेट दिँदै जिल्ला नगरका उद्योगी व्यवसायीको समस्या समाधान गर्दैै आएकाले आफुहरुमाथि ढकाल प्यानललाई जिताउनु पर्ने दायित्व रहेको बताएका थिए । कार्यक्रममा जिल्ला नगरका अध्यक्षहरुले देशको आर्थिक विकास तथा स्वदेशी लगानीलाई प्रवद्र्धन गर्दै विदेशी लगानी भित्र्याउनका लागि पनि ढकाल नेतृत्वको टीम आवश्यक रहको बताएका थिए । 

कार्यक्रममा आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षको उम्मेदवारी ६ वर्षका लागि भएको भन्दै अहिलेको अवस्थामा सही व्यक्ति छनौट गर्न नसकेमा जिल्ला नगरका समस्या मात्रै नभई समग्र निजी क्षेत्रका लागि चुनौती थपिने बताए । 

अहिले चुनावी अभियानमा सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले आफू र आफ्नो टीमप्रति ठूलो साथ र समर्थन देखाउनु भएको बताउँदै आफु नेतृत्वमा पुगेपछि व्यवसायीका आशा मर्न नदिने बताए । ‘अहिले सबैजसो जिल्ला नगरका अध्यक्ष तथा उद्योगी व्यवसायीले महासंघको साख खस्कियो, सरकारी निकायमा प्रतिनिधित्व भएन भन्ने गुनासो गर्नु भएको छ ती कुरा आफु नेतृत्वमा पुगेपछि महासंघको पुरोना साख फर्काउँदै प्रतिनिधित्व गराउनेछ,’ उनले भने, ‘साथै नेतृत्वमा पुगेका व्यक्तिले उद्योगी व्यवसायीले समस्या परेर फोन गर्दा नउठाउने तथा समस्या समाधान गर्दा पहल गर्दैन भने त्यो जस्तो निकम्मा नेतृत्व अरु कुनै हुन सक्दैन ।’ 

व्यावसायिक सफलतामार्फत् स्टेक होल्डरको रुपमा स्थापित व्यक्तिले मात्रै व्यवसायीको वास्तविक रुपमा नेतृत्व गर्न सक्ने भन्दै त्यसको लागि आफु तयार रहेको पनि ढकालले बताए । ‘जसले व्यवसाय गरेको छ, जसले व्यावसायीक समस्यासँग जुधेको छ उसले मात्रै हामी व्यवसायीका समस्या सरकारसमक्ष राख्न सक्छ र समस्या समाधान गर्न पहल गर्नेछ,’ उनले भने । आफुले ७ ओटै प्रदेशका पर्यटन व्यवसाय विस्तारका लागि परियोजनाहरु अघि बढाएको जानकारी दिँदै आआफ्ना क्षेत्रका त्यस्ता सम्भावनाका क्षेत्र भएका प्रस्ताव ल्याउन आग्रह गरेका थिए । साथै त्यस्ता कार्यक्रममा केन्द्र र स्थानीय उद्योगी व्यवसायीको सहकार्यमा अघि बढाउन आफुहरु तयार रहेको उनको भनाइ थियो । 

यसैगरी, महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार, जिल्ला तथा नगरका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी, बस्तुगत उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ र एशोसिएट्सतर्फका उपाध्यक्षमा रामचन्द्र संघई गरेर समावेशी टीम निर्माण गरेको जानकारी दिँदै विभिन्न क्षेत्रबाट केन्द्रिय सदस्यमा पनि समावेशी रुपमा सबै समेटेर अघि बढ्ने बताए । ‘चुनावी अभियानमा सूदुरपश्चिमदेखि पूर्बसम्म आईपुग्दा साथीहरुको उपस्थितीले चन्द्र ढकाल टीमको जीत सुनिश्चित भैरहेको छ भने धेरै उत्साह प्रदान गरेको छ,’ उनले भने, ‘अबका दिनमा जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधान गर्न सधै झक्झक्याईरहने छु ।’ 

चन्द्र ढकालको देशभर विभिन्न खालका उद्योग व्यवसाय फैलिएको भन्दै चुनाव पश्चात पनि उनले स्थानीय व्यवसायीसँगै सहकार्य गरेर अघि बढ्ने उनको भनाइ थियो । साथै ढकाल नेतृत्वको टीमले स्थानीय उद्योगी व्यवसायीका समस्या समाधान तथा व्यापार व्यवसायका लागि पुलको काम गर्ने बताए । 

कार्यक्रममा बोल्दै जिल्ला नगरफर्तका उम्मेदवार गुणनिधी तिवारीले ढकाल नेतृत्वको आफ्नो प्यानल बिजयी भएसँगै जिल्ला नगरका समस्या समाधानका लागि महासंघमा जिल्ला नगरको छुट्टै परिषद् गठन गरेर तत्काल समस्या सम्बोधन गरिने बताए । उक्त कार्यक्रममा देशभरबाट ५२ भन्दाबढी जिल्ला नगरका अध्यक्षहरु उपस्थित भएर ढकाल प्यानललाई जिताउन लागिपर्ने बचनबद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा ढकाल प्यानललाई स्वागत गर्दै प्रदेश १ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र रावतले अहिलेको अवस्थामा व्यावसायीक हकहितका लागि ढकाल प्यानलको विकल्प नरहेको बताए । ‘अहिलेको अवस्थामा महासंघको साख खस्किएको छ,’ उनले भने, ‘हामी व्यवसायीको साख उचो बनाउनका लागि पनि सानादेखि ठूलो व्यवसायसम्म सफलरुपमा संचानल गरेर सरकार र दातृ निकायमा समेत राम्रो सम्बन्ध रहेको ढकाल प्यानललाई जिताउनु पर्नेछ ।’ 

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले महासंघमा शुद्धीकरण र शदृढीकरण नभई कुशल नेतृत्वको आवश्यकता परेको भन्दै जसका लागि चन्द्रप्रसाद ढकाल नेतृत्वको टीम आवश्यक रहेको बताए । साथै अहिलेको महासंघ नेतृत्वले सरकारसँग लविङ गरेर कोभिडका कारण व्यवसायीलाई परेका समस्या समाधान गर्न नसकेको भन्दै त्यसका लागि पनि यस पटक ढकाल प्यानललाई नेतृत्वमा पुर्याउनुपर्ने आवश्यकता रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप