धन्वन्तरी दिवसमा जेष्ठ नागरिकलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आवुर्वेद औषधि वितरण, अभिनेता निखिल उप्रेतीसँग रमाए वृद्धवृद्धा
काठमाडौं । जेष्ठ नागरिकलाई रोग प्रतिरोधात्मक आयुर्वेद औषधि वितरण गर्दै चन्द्रागरी नगरपालिका तथा मातातिर्थ आयुर्वेद औषधालायले आज एक कार्यक्रकको आयोजना गरी धन्वन्तरी दिवस मनाएको छ।
सामाजिक विकास महाशाखाका संयोजक एबम ८ नम्बर वडा का वडाध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी, उपप्रमुख लिसा नकर्मी र अभिनेता निखिल उप्रेतीको उपस्थिति थियो । जहाँ नगरपालिकाका ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई आमन्त्रण गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख घनश्याम गिरीले आयुर्वेदका प्रवर्तक धन्वन्तरीले हामीलाई छाडेर गएका ज्ञान संस्कृतीबारे जारी दैनिक जीवनमा प्रयोग गरिरहेको बताए । उनले त्यस्तै खानपानका कारण जेष्ठ नागरीकहरु अझै स्वस्थ्य रहनसक्नु भएको बताउँदै त्यस्तै जिवनशैलीका कारण कोरोना जस्तो भाइरसको प्रभाब कम भएको बताए । उनले कोभिड महामारीमा यस औषधालयले प्रसंसनीय कार्य गर्दै जनस्वास्थ्यको संरक्षण गरिरहेको बताए ।

कार्यक्रममा उपप्रमुख लिशा नकर्मीले चनपाले अअयुर्वेदबारे चासो बढ्दै गरेको बताउँदै चनपा आयुर्वेद क्षेत्रका अध्ययन अनुसन्धानमा सक्दो सहयोग गर्ने वचन दिइन् । उनले भनिन्, ‘अहिले हामीले पनि आयुर्वेद बुझ्ने मौका प्राप्त गर्यौ । औषधालयका साथीहरु जागिरे मानसिकता भन्दा धेरै माथि हुनुहुन्छ र केहि गरौ भन्ने हुनुहुन्छ त्यसैले हामीले आयुर्वेद र जडिबुटीको सम्बर्धन गर्न कुनै कसुर राख्ने छैनौ ।’
वार्ड नं १२ का अध्यक्ष प्रकाश श्रेष्ठले यसरी आफ्ना वार्डका जेष्ठ नागरिकहरुसँग राष्ट्रिय अअरोग्य दिवस मनाउन पाउँदा खुशी ब्याक्त गरे ।

त्यसैगरी नेपाली चलचित्र उद्योगका बरिष्ठ कलाकार तथा पूर्वीय दर्शनका अभियन्ता निखिल उप्रेतीले हाम्रो दैनिक जिवनमा आयुर्वेद र जीवनशैलीले कसरी सहयोग गरीरहेको भन्ने बारे चर्चा गरे। कार्यक्रम पश्चात उपस्थित जेष्ठनागरिकहरुले निखिल उप्रेतीसँग फोटो खिचाउँदै रमाइलो गरेका थिए ।
चन्द्रागगिरी नगरपालिकाद्वारा संचालित मातातिर्थ आयुर्वेद औषधालयका प्रमुख नारायण आचार्यले आयुर्वेदबारे र भगवान धन्वन्तरी दिवस बारे व्याख्या गरे।
कार्यक्रममा च्यावनप्राश, अश्वगन्धा, खाना पचाउने औषधिहरु, मालिस गर्ने तेल र पौष्टिक पदार्थ र झोला वितरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
-
कारखानाभित्र पसेको भालु झ्याल खोलेर फरार, जापानी अधिकारीहरू चकित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण