शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

धन्वन्तरी दिवसमा जेष्ठ नागरिकलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने आवुर्वेद औषधि वितरण, अभिनेता निखिल उप्रेतीसँग रमाए वृद्धवृद्धा

शुक्रबार, २८ कात्तिक २०७७, १९ : २३
शुक्रबार, २८ कात्तिक २०७७

काठमाडौं । जेष्ठ नागरिकलाई रोग प्रतिरोधात्मक आयुर्वेद औषधि वितरण गर्दै चन्द्रागरी नगरपालिका तथा मातातिर्थ  आयुर्वेद औषधालायले आज एक कार्यक्रकको आयोजना गरी धन्वन्तरी दिवस मनाएको छ। 

सामाजिक विकास महाशाखाका संयोजक एबम ८ नम्बर वडा का वडाध्यक्ष सन्तोष खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी, उपप्रमुख लिसा नकर्मी र अभिनेता निखिल उप्रेतीको उपस्थिति थियो । जहाँ नगरपालिकाका ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई आमन्त्रण गरिएको थियो  । 

कार्यक्रममा नगर प्रमुख घनश्याम गिरीले आयुर्वेदका प्रवर्तक धन्वन्तरीले हामीलाई छाडेर गएका ज्ञान संस्कृतीबारे जारी दैनिक जीवनमा प्रयोग गरिरहेको बताए । उनले त्यस्तै खानपानका कारण जेष्ठ नागरीकहरु अझै स्वस्थ्य रहनसक्नु भएको बताउँदै त्यस्तै जिवनशैलीका कारण कोरोना जस्तो भाइरसको प्रभाब कम भएको बताए । उनले कोभिड महामारीमा यस औषधालयले प्रसंसनीय कार्य गर्दै  जनस्वास्थ्यको संरक्षण गरिरहेको बताए ।

कार्यक्रममा उपप्रमुख लिशा नकर्मीले चनपाले  अअयुर्वेदबारे चासो बढ्दै गरेको बताउँदै चनपा आयुर्वेद क्षेत्रका अध्ययन अनुसन्धानमा सक्दो सहयोग गर्ने वचन दिइन् । उनले भनिन्, ‘अहिले हामीले पनि आयुर्वेद बुझ्ने मौका प्राप्त गर्यौ । औषधालयका साथीहरु जागिरे मानसिकता भन्दा धेरै माथि हुनुहुन्छ र केहि गरौ भन्ने हुनुहुन्छ त्यसैले हामीले आयुर्वेद र जडिबुटीको सम्बर्धन गर्न कुनै कसुर राख्ने छैनौ ।’ 

वार्ड नं १२ का अध्यक्ष प्रकाश श्रेष्ठले यसरी आफ्ना वार्डका जेष्ठ नागरिकहरुसँग राष्ट्रिय अअरोग्य दिवस मनाउन पाउँदा खुशी ब्याक्त गरे ।

त्यसैगरी नेपाली चलचित्र उद्योगका बरिष्ठ  कलाकार तथा पूर्वीय दर्शनका अभियन्ता  निखिल उप्रेतीले हाम्रो दैनिक जिवनमा आयुर्वेद र जीवनशैलीले कसरी सहयोग गरीरहेको भन्ने बारे चर्चा गरे। कार्यक्रम पश्चात उपस्थित जेष्ठनागरिकहरुले निखिल उप्रेतीसँग फोटो खिचाउँदै रमाइलो गरेका थिए । 

चन्द्रागगिरी नगरपालिकाद्वारा संचालित मातातिर्थ आयुर्वेद औषधालयका प्रमुख नारायण आचार्यले आयुर्वेदबारे र भगवान धन्वन्तरी दिवस बारे व्याख्या गरे। 

कार्यक्रममा च्यावनप्राश, अश्वगन्धा, खाना पचाउने औषधिहरु, मालिस गर्ने तेल र पौष्टिक पदार्थ र झोला वितरण गरिएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप