आज धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर लक्ष्मी पूजा मनाइँदै
काठमाडौँ – आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पूजा मनाइँदैछ ।
यो पर्व हरेक कात्तिक कृष्ण औँसीको रातमा मनाउने परम्परा रही आएको छ ।
यो दिन फोहोर र अन्धकार स्थानमा लक्ष्मीले बास नगर्ने भएकोले घर आँगन, कोठा, चोटा, बुइँगल, अट्टालिका र घर गोठका कुनाकन्दरा सफा र उज्यालो राखेर लक्ष्मीको स्तूति गर्ने प्रचलन छ ।
यसै दिन जनैपूर्णिमाका दिन नाडीमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँधेर वैतरणी नदी पार गर्ने मनोकाङ्क्षा पनि राखिन्छ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्नु भनिएको छ ।
घाम अस्ताउनु अघिको २५ मिनेट र अस्ताएपछिको प्रदोषकालमा उद्यमी व्यवसायीले र गृहस्थले यसपछि लक्ष्मीको आराधना गर्दा राम्रो हुने ज्योतिष शास्त्रमा उल्लेख छ ।
आज्ञा पालक र भरपर्दो रक्षक मानिएको कुकुर पूजा पनि यसै दिन परेको छ । शनिबार दिउँसो १ः४९ बजेसम्म चतुर्दशी र यसपछि आइतबार बिहान ११ः२७ बजेसम्म औँसी रहेको छ । चतुर्दशीमा कुकुर पूजा र औँसी लागेपछि लक्ष्मी पूजा गर्नुपर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण