आज धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर लक्ष्मी पूजा मनाइँदै

काठमाडौँ – आज धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी पूजा मनाइँदैछ ।
यो पर्व हरेक कात्तिक कृष्ण औँसीको रातमा मनाउने परम्परा रही आएको छ ।
यो दिन फोहोर र अन्धकार स्थानमा लक्ष्मीले बास नगर्ने भएकोले घर आँगन, कोठा, चोटा, बुइँगल, अट्टालिका र घर गोठका कुनाकन्दरा सफा र उज्यालो राखेर लक्ष्मीको स्तूति गर्ने प्रचलन छ ।
यसै दिन जनैपूर्णिमाका दिन नाडीमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँधेर वैतरणी नदी पार गर्ने मनोकाङ्क्षा पनि राखिन्छ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्नु भनिएको छ ।
घाम अस्ताउनु अघिको २५ मिनेट र अस्ताएपछिको प्रदोषकालमा उद्यमी व्यवसायीले र गृहस्थले यसपछि लक्ष्मीको आराधना गर्दा राम्रो हुने ज्योतिष शास्त्रमा उल्लेख छ ।
आज्ञा पालक र भरपर्दो रक्षक मानिएको कुकुर पूजा पनि यसै दिन परेको छ । शनिबार दिउँसो १ः४९ बजेसम्म चतुर्दशी र यसपछि आइतबार बिहान ११ः२७ बजेसम्म औँसी रहेको छ । चतुर्दशीमा कुकुर पूजा र औँसी लागेपछि लक्ष्मी पूजा गर्नुपर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालका चाडपर्वले एकताको सन्देश दिएका छन् : सभामुख घिमिरे
-
विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो : अध्यक्ष हादाल
-
हरेक धर्ममा त्यागको ठूलो महत्व हुन्छ : उपराष्ट्रपति
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल