‘लक्ष्मी’ ले पाएको नकारात्मक टिप्पणीबारे अक्षय कुमारले मुख खोले
बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘लक्ष्मी’ डिज्नी प्लस हटस्टारमा नोभेम्बर ९ तारिखमा रिलिज भयो । फिल्ममा अक्षयका साथै कियारा आडवाणीको मुख्य भूमिका छ । यो फिल्मले मिश्रित प्रतिक्रिया पाइरहेको छ । फिल्मले पाएको प्रतिक्रियाबारे अक्षय कुमारले मुख खोलेका छन् । अक्षय कुमारले आफ्नो ध्यान दर्शकमाथि मात्रै केन्द्रित हुने बताउँदै धेरैजसो क्रिटिक्सले उनको फिल्म मन नपराउने कुरा आफूलाई थाहा भएको उनले बताए ।
मिड डेसँगको कुराकानीमा अक्षय कुमारले भने, ‘मलाई असाध्यै राम्रो महसुस भइरहेको छ । मलाई थाहा छ कि थुप्रै क्रिटिक्स मेरो फिल्मलाई रुचाउँदैनन् र म यो कुरा बुझ्छु तर मेरो ध्यान दर्शकमाथि केन्द्रित हुन्छ । मलाई कतिले ‘यो फिल्मले मेरो करियरको सबैभन्दा ठूलो ओपनिङ पाएको बताए ।’ तेस्रोलिङ्गीको भूमिका निभाउनु एलजीबीटीक्यू समुदायको अधिकारलाई बलियो बनाउनु हो । प्याडम्यान (सन् २०१८), टोयलेटः एब प्रेमकथा (सन् २०१२), मिशन मंगल (सन् २०१९) जस्ता फिल्म गर्नुको पछाडि पनि यहि भावना थियो । म परिवर्तन ल्याउन चाहन्छु ।’
स्मरण रहोस्, डिज्नी प्लस हटस्टारका अनुसार लक्ष्मीले सबै फिल्मको भ्यूअरशिप रेकर्ड तोडेको छ । रिलिज भएको केही घण्टामा नै यो भ्यूअरशिपको मामलामा बलिउडको ब्लकबस्टर साबित भएको छ । यो फिल्मले दिवंगत नायक सुशान्त सिंह राजपूतको फिल्म ‘दिल बेचारा’ को रेकर्ड पनि तोडिदिएको छ ।
यसबारे एक पत्रकार सम्मेलनमा अक्षय कुमारले भने, ‘लक्ष्मीलाई जसरी तपाईंहरुले प्रेम र प्रतिक्रिया दिनुभएको छ, त्यसका लागि म तपाईंहरु सबैप्रति आभारी छु । देश–दुनियाँका मानिसहरुले डिज्नी प्लस हटस्टारमा लगइन गरेर फिल्म हेर्नुभयो, त्यो पनि फिल्म रिलिज भएको केही घण्टामा, तपाईंहरु सबैलाई नमन । रेकर्ड तोड्न कसलाई मन पर्दैन होला ? चाहे त्यो बक्स अफिस होस् वा ओटीटी प्लेटफर्ममा फिल्मको ओपनिङ नाइट । यो भावनाको तुलना अन्य कुनै कुरासँग गर्नै सकिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण