२५ लागिन् साम्राज्ञी
मङ्गलबार, ०२ मङ्सिर २०७७, १६ : १५

काठमाडौं । पछिल्लो समयको चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आज जन्मदिन परेको छ । २०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी उनी आज २५ औं जन्मदिन मनाउँदैछिन् ।
नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन । यो लकडाउनको समय पनि उनले तीन फिल्म साइन् गरेकी छन् ।
अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी उनी केही अगाडि अभिनेता भुवन केसीसँग बिवादमा समेत फसेकी थिइन् । शाहको प्रेम, ट्याटु र केही अभिव्यक्ति समेत चर्चाको बिषय बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?
-
युक्रेनको मध्य क्षेत्रमा प्रवेश गरेको रुसको दाबी
-
क्रिकेटर रिंकू सिंहले सपा सांसदसँग गरे इन्गेजमेन्ट
-
होण्डाले ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम गर्ने
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद: सय मिटरमा आदित्य र प्रकृतिलाई स्वर्ण
-
सामसङ इन्स्टा फाइनान्स अब झनै सजिलो