२५ लागिन् साम्राज्ञी
मङ्गलबार, ०२ मङ्सिर २०७७, १६ : १५
काठमाडौं । पछिल्लो समयको चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आज जन्मदिन परेको छ । २०५२ मंसिर २ गते काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी उनी आज २५ औं जन्मदिन मनाउँदैछिन् ।
नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन । यो लकडाउनको समय पनि उनले तीन फिल्म साइन् गरेकी छन् ।
अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी उनी केही अगाडि अभिनेता भुवन केसीसँग बिवादमा समेत फसेकी थिइन् । शाहको प्रेम, ट्याटु र केही अभिव्यक्ति समेत चर्चाको बिषय बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण