पुटिनविरुद्ध आजिवन मुद्दा दर्ता गर्न नसकिने, रुसी संसदमा बिल पास
रुसी संसदको तल्लो सदन डूमाले एक विधेयकलाई समर्थन दिएको छ जस अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनको परिवारविरुद्ध उनी राष्ट्रपति नहुँदा पनि कुनै प्रकारको आपराधिक मुद्दा चलाउन पाइने छैन ।
यो ती संवैधानिक संशोधनमध्ये एक हो जसलाई जुलाईमा एक जनमत संग्रहमार्फत् सहमति दिइएको थियो ।
पुटिनका समर्थक रुसको दुबै सदनमा बहुमत छन् ।
राष्ट्रपति पुटिनको कार्यकाल सन् २०२४ मा पूरा हुनेछ तर संशोधन अनुसार उनी २०२४ पछि पनि दुई कार्यकाल अथाृत् १२ वर्षसम्म राष्ट्रपति पदमा आसिन रहन सक्छन् ।
यो विधेयक आएपछि पुटिनको राजनीतिक भविष्यबारे पुनः चर्चा सुरु भएको छ । सन् २००० देखि पुटिन रुसको सत्ताको शीर्ष स्थानमा छन् र यतिबेला उनले आफ्नो शक्तिको भरपुर प्रयोग गरेका छन् ।
पुटिनका आलोचक एलेक्सी नवेलनीले यो विधेयक आएपछि ट्वीट गरे, ‘पुटिनलाई अहिले यो विधेयकको के को आवश्यकता ?’
त्यसपछि नवेलनीले एक ट्वीट गरेर एक प्रश्न सोधे, ‘के तानाशाहले आफूलाई मन लागेको समयमा पद छोड्न सक्छन् ?’
पहिलोपटक यसलाई मंगलबार पारित गरिएको थियो ।
सदनमा पुटिनको समर्थक पार्टी यूनाइटेड रशिया पार्टीको बहुमत छ । यद्यपि, बामपन्थी सांसदको ३७ भोट यो विधेयक विरुद्ध खसेका थिए ।
यसबाहेक डूमामा यो विधेयकलाई थप दुई पटक पढिनेछ । त्यसपछि यो विधेयक फेडरेशन काउन्सिल अर्थात् उच्च सदनमा जानेछ । यो विधेयकमा अन्तिम मुहर राष्ट्रपति आफैंले लगाउनेछन् । – बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण