खानी खोलामा ट्रकको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु
बुधबार, ०३ मङ्सिर २०७७, १६ : ४६

काठमाडौं । धादिङको धुनिवेशी नगरपालिका–८ स्थित खानीखोलामा ट्रकको ठक्करबाट बालकको मृत्यु भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको १२ चक्के ट्रकले ठक्कर दिँदा स्थानिय ६ वर्षीय रितेश तामाङको मृत्यु भएको हो ।
ट्रक चालक मकवानपुर घर भएका उमेश मैनालीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय खानीखोलाकी इन्सपेक्टर रुपा थापाले रातोपाटीलाई बताइन् । सामान लिन हेटौंडातर्फ जाँदै गरेको ना.६ ख ४९४७ नम्बरको खाली ट्रकले बालकलाई ठक्कर दिएको हो । दुर्घटनापछि स्थानीयवासी आक्रोशित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ भजहर कप फुटबलमा पुलिस क्लब र कर्मचारी ग्रुप विजयी
-
प्रिसा साह मृत्यु प्रकरण : कीट विश्वविद्यालयद्वारा दुःख व्यक्त
-
माओवादीले एक लाख जनता उतारेपछि राजावादीको आन्दोलन ओझेलमा पर्यो : महासचिव देव गुरुङ
-
सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह
-
स्वास्थ्यमन्त्रीको चेतावनी : आठौँ तह सरह भत्ता नदिने मेडिकल कलेजको सम्बन्धन खारेज हुनसक्छ
-
मेयर–उपमेयर ‘टकराब’ : सुनिताको प्रतिरोध एकपछि अर्को किन ?