बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एसबिआइले अघिल्लो वर्षभन्दा कम लाभांश दिने

शुक्रबार, ०५ मङ्सिर २०७७, १२ : ११
शुक्रबार, ०५ मङ्सिर २०७७

नेपाल एसबीआई बैंकले लाभांश घोषणा गरेको छ । बैंकले ९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ६ प्रतिशत बोनस र कर सहित ३.४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

बैंकले ५३ करोड ७३ लाख ७२ हजार ९ सय ३१ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ३१ करोड ७ लाख ८० हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ । गत वर्ष बैंकले ६ प्रतिशत बोनस र १०.८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

हाल घोषणा गरेको  लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ४९ करोड ३५ लाख पुग्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप