एसबिआइले अघिल्लो वर्षभन्दा कम लाभांश दिने
शुक्रबार, ०५ मङ्सिर २०७७, १२ : ११
नेपाल एसबीआई बैंकले लाभांश घोषणा गरेको छ । बैंकले ९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ६ प्रतिशत बोनस र कर सहित ३.४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैंकले ५३ करोड ७३ लाख ७२ हजार ९ सय ३१ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ३१ करोड ७ लाख ८० हजार रुपैयाँ नगद लाभांश बाँड्नेछ । गत वर्ष बैंकले ६ प्रतिशत बोनस र १०.८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
हाल घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी ९ अर्ब ४९ करोड ३५ लाख पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण