नेपाल प्रहरीका एसएसपीको सरुवा, काठमाडौँमा अशोक सिंह (सूचीसहित)
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस क्रममा ललितपुर र काठमाडौँका प्रहरी प्रमुखहरु फेरिएका छन् । सरुवा अनुसार महानगरीय प्रहरी परिसर काठमाडौँमा एसएसपी अशोक सिंह आएका छन् । सिंह प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।
त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरमा किरण बज्राचार्यको सरुवा भएको छ । बर्जाचार्य महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिइन् ।
त्यस्तै महानगरीय ट्राफिक महाशाखामा एसएसपी जनक भट्टराईको सरुवा भएको छ । भट्टराई प्रहरी प्रधान कार्यालयमा तालिम महाशाखामा कार्यरत थिए ।
त्यस्तै एसएसपी मुकेश कुमार सिंहको सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायल, डोटी सरुवा भएको छ । यसअघि सिंह प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिममा कार्यरत थिए ।
प्रहरी प्रधान कार्यालयले एसएसपीहरुको सरुवा भएको जानकारी दिँदै कार्यान्वयनका लागि विभिन्न निकायहरुमा बोधार्थ पठाएको छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण