आज अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनको जन्मदिन, ऐतिहासिक रेकर्ड ब्रेक गर्दै
वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनको शुक्रबार जन्मोत्सव परेको छ । उनी शुक्रबारदेखि ७८ वर्षमा प्रवेश गरेका हुन् । उनले सपथ ग्रहण गर्दा अमेरिकाको इतिहासमा अहिलेसम्मकै सबैभन्दा जेष्ठ राष्ट्रपति हुने रेकर्ड ब्रेक गर्नेछन् ।
यसअघि दुई कार्यकाल पुरा गरेर सन् १९८९ मा ह्वाइट हाउसबाट विदा हुँदा तत्कालिन राष्ट्रपति रोनाल्ड रेगन ७७ वर्ष ३४९ दिनका थिए । अहिलेसम्म उनलाई नै सबैभन्दा बुढो राष्ट्रपति मानिदै आएको थियो । सबैभन्दा पाको उमेरमा राष्ट्रपति निर्वाचित हुने कीर्तिमान भने डोनाल्ड ट्रम्पको नाममा थियो । जो २०१७ जनवरी २० मा राष्ट्रपतिको सपथ लिँदा ७० वर्ष ७ महिना ६ दिनका थिए ।
उमेरको हिसाबले बाइडेन बृद्ध भएपनि अहिलेको संकटपूर्ण अवस्थालाई व्यवस्थापन गर्न सक्ने अवस्थामा नै उनी रहेको र उनको परिपक्वताले थप सहयोग गर्ने राजनीतिशास्त्रीहरुले बताएका छन् । बाइडेनसँगै उपराष्ट्रपतिमा निर्वाचित भएकी कमला ह्यारिस भने उनीभन्दा झण्डै २० नर्ष कान्छी हुन् ।
बाइडेनले आफूलाई अन्तरिम राष्ट्रपतिको रुपमा व्याख्या गरेकाले दोस्रो कार्यकालका लागि उनले उम्मेदवारी नदिने सम्भावना रहेको छ । उनी यसअघि सन् २००९ देखि २०१७ सम्म बाराक ओबामा राष्ट्रपति भएको बेला उपराष्ट्रपति रहेका थिए । त्यसअघि बाइडेन सन् १९७३ देखि सन् २००९ सम्म निरन्तर सिनेटर भएका थिए । उनी सन् १९८८ मा पनि राष्ट्रपतिका लागि प्रत्यासीका रुपमा उभिएका थिए । तर बेलायती एक राजनीतिज्ञको भाषण अनधिकृत रुपमा प्रयोग गरेको आरोप लागेपछि उनी पछाडी परेका थिए ।
बाइडेनको जन्म सन् १९४२ नोभेम्बर २० अमेरिकाको पेन्सिल्भेनिया राज्य अन्तर्गत पर्ने स्क्रान्सटनमा भएको हो । उनलाई पटक पटक पारिवारिक शोक परेको थियो । उनकी पहिलो पत्नी नेलिया र छोरी नाओमीको कार दुर्घटनामा मृत्यु भएको थियो ।
सिनेटमा पहिलो पटक चुनाव जितेपछि शपथग्रहण गर्न जाँदै गर्दा दुर्घटनामा परेर नेलिया र नाओमीको मृत्यु भएको हो । दुर्घटनामा दुई छोरा पनि घाइते भएकामा एक छोरो बो बाइडेनको २०१५ मा ४६ वर्षको उमेरमा मस्तिष्क सम्वन्धी समस्याका कारण मृत्यु भएको थियो । उनका चार सन्तान हुन् । उनले उच्च शिक्षा अन्तर्गत कानुन अध्ययन गरेका थिए भने अमेरिकामा लामो समय निरन्तर राजनीतिमा सक्रिया नेताका रुपमा चिनिन्छन् । –एपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण