प्रस्ताव फिर्ता लिन प्रचण्डलाई विष्णु पौडेलको आग्रह
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सचिवालय बैठकमा राखिएको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा महासचिव पौडेलले सो आग्रह गरेका हुन् । महासचिव पौडेलले प्रस्ताव फिर्ता लिन आग्रह गरेपछि अध्यक्ष प्रचण्डले उक्त विषयमा छलफल गर्दै जाउँला भन्ने जवाफ फर्काउनुभएको श्रोतले बताएको छ ।
प्रचण्डले नेता सुवास नेम्वाङसँग पनि छुट्टै छलफल गरेका छन् । तीनै जना नेताबीच प्रचण्डले सचिवालय बैठकमा राखेको प्रस्तावका बारेमा छलफल भएको जनाइएको छ । प्रचण्डले केही दिनअघि बसेको पार्टी सचिवालय बैठकमा १९ पेजको प्रस्ताव राखेका थिए ।
पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा छलफल गर्न अध्यक्ष प्रचण्डले महासचिव पौडेल र नेता नेम्वाङलाई पार्टी कार्यालय धुम्बाराहीमा बोलाएका थिए । गत बुधबार बसेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले यसअघि सचिवालयमा प्रचण्डले पेश गरेको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका थिए । साथै उनले छुट्टै प्रस्ताव ल्याउने बताएपछि आगामी मंसिर १३ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण