ललितपुरबाट विप्लव समूहका दुई कार्यकर्ता पक्राउ
ललितपुर । शुक्रबार राति ललितपुरको बागडोलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । सरकारबाट प्रतिबन्धित विप्लव समूहका दुई जना कार्यकर्तालाई प्रहरी प्रधान कार्यालयले पक्राउ गरेको हो ।
दोलखा जिल्ला बिगु गाउँपालिका–३ घर भई हाल ललितपुर–४ बागडोल बस्ने ३९ वर्षीय संजिव नेपाली र दोलखा जिल्ला बैतेश्वर नगरपालिका–३ घर भई हाल बागडोल बस्ने ४१ वर्षीय प्रेम बहादुर दर्नाल पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्ने दर्नाल विप्लव समूहको केन्द्रीय आर्थिक विभागको सदस्य र नेपाली सेक्रेटरी रहेको बताइएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आजदेखि विप्लव समूहले ३ दिनसम्म वर्षगाँठ मनाउँदैछ, मंसिर ६, ७ र ८ गते । वर्षगाँठमा विप्वल समूहको मुमेन्ट बढ्नसक्ने भन्दै उपत्यकामा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण