ओली सरकारले ‘चोरलाई चौतारो र साधुलाई शूली’ गर्योः प्रकाण्ड
शनिबार, ०६ मङ्सिर २०७७, २२ : ५३
काठमाडौं । प्रतिबन्धित नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले पार्टीका दुई नेता पक्राउको कडा शब्दमा निन्दा गर्दै ओली सरकारको कार्यशैलीको विरोध गरेका छन् । शनिबार एक विज्ञप्तिमार्फत प्रकाण्डले ओली सरकारले ‘चोरलाई चौतारो र साधुलाई शूली’ को नीति लिएको आरोप लगाउँदै सरकार र गृह प्रशासनको विरोध गरेका छन् ।
मङ्सिर ५ गते पार्टीका अर्थ विभागका अध्यक्ष तथा पार्टी ब्युरो सदस्य प्रेम दर्नाल ‘विकल्प’ र अर्थ विभाग सदस्य सञ्जीव नेपाली ‘सुवर्ण’ लाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो । विज्ञप्तिमा पक्राउ परेका उनीहरुलाई बिनासर्त रिहा गर्न माग गरिएको छ । प्रहरीले चन्दा असुलीमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेपनि प्रकाण्डको विज्ञप्तिमा राजनीतिक स्वतन्त्रता र मानवअधिकारमा ओली सरकारले घोर उल्लङ्घन गरेको आरोप लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण