बलिउडमा चम्किएका ‘विदेशी’ अभिनेत्री
एजेन्सी – बलिउड उद्योगमा विदेशबाट आएर आफ्नो करियर बनाउने सेलिब्रेटीको संख्या ठूलो छ । जसमा केही अभिनेत्रीहरुको नाम अगाडि छ । जसले बलिउडमा निकै चर्चा पाएका छन् ।
हेलन
बर्मामा बस्ने अभिनेत्री हुन् हेलन । उनको पिताको मृत्युपछि उनकी आमाले ब्रिटिश सैनिक रिचर्डसनसँग विवाह गरिन् । तर दोस्रो विश्व युद्धपछि उनका सौतेनी पिताको पनि मृत्यु भयो । त्यसपछि जापानले बर्मामाथि कब्जा गर्यो र हेलनकी आमाले उनका परिवार लिएर मुम्बई गइन् ।
कैटरिना कैफ
बलिउड अभिनेत्री कैटरिना कैफले आफ्नो अभिनय र फेशनले सबैलाई आर्कषण गर्दै आएकी छिन् । कैटरिना ब्रिटेनकी हुन् । उनी बलिउडमा प्रसिद्ध अभिनेत्रीहरुमा गनिन्छन् ।
ज्याकलिन फर्नांडिस
ज्याकलिन श्रीलंकाकी हुन् । उनी क्यानेडा र मलेशियामा पनि रहेकी थिइन् । ज्याकलिन बलिउडमा राम्रो कामका कारण चर्चित छिन् । उनले फिल्मको शुरुवात ‘अलादीन’ बाट गरेकी थिइन् । उनले अमिताभ बच्चन र रितेश देशमुखसँग पहिलोपटक स्क्रिन शेयर गरेकी थिइन् ।
नरगिस फाक्रिन
नरगिसका पिता पाकिस्तानी हुन् भने आमा चेक रिपब्लिकका हुन् । उनले इम्तियाज अलीको फिल्म ‘रकस्टार’ बाट बलिउडमा कदम राखेकी थिइन् ।
मनिसा कोइराला
मनिसा कोइराला नेपालमा जन्मिएकी हुन् । उनी पढ्नका लागि भारत गइन् । यसैक्रममा सुभाष घईको हिन्दी फिल्म ‘सौदागर’ बाट भारतीय हिन्दी फिल्ममा प्रवेश गरेर निकै सुपरहिट भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण