पाल्पाको रामपुरमा सार्वजनिक पुस्तकालय सञ्चालन
पाल्पाको रामपुरमा 'सार्वजनिक कालीगण्डकी फाउण्डेशन नेपाल'ले विद्या मन्दिर सार्वजनिक पुस्तकालय सञ्चालनमा ल्याएको छ ।
छठ पर्वको अवसर पारेर (शुक्रबार) फाउन्डेशनले रामपुर- ५ बेझाँड नहअफिसमा पुस्तकालय सञ्चालनमा ल्याएको हो । पुस्तकालयको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका सांसद एवं नेपाली कांग्रेस पाल्पाका सभापति वीर बहादुर रानाले पछिल्लो समय हरेक क्षेत्रमा नैतिक शिक्षाको खडेरी परेको बताए ।
' शासन व्यवस्था परिवर्तन भएपनि व्यवहारिक र नैतिक शिक्षाको अभावले अभाव र समस्या कायम छ । समाजलाई सचेत गराउन उचित ज्ञानको अभाव रहेको र यसको परिपूर्ति पुस्तकालयले गर्ने छ', सभापति रानाले भने । रानाले आफ्नो तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने बताए । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्रविधिको विकाससँगै पुस्तक पढ्ने बानी हराउनु दुःखद् रहेको बताए ।
उनले आवश्यक ज्ञान आर्जन गर्ने सहज आधार पुस्तकालय रहेको बताए । रामपुर नगरपालिकाकी उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले पुस्तकालय सञ्चालनले विकृति हटाउन समेत टेवा पुग्ने बताइन् ।
मोबाईल तथा इन्टरनेटमा झुम्मिने पछिल्लो पुस्तालाई यसतर्फ आकर्षित गर्न सकेमा ठूलो राहत मिल्ने उनको तर्क छ ।
कालीगण्डकी फाउण्डेशनका सल्लाहाकार सन्दीप रानाले पुस्तकालय अहिले सुरुवात मात्र गरिएको बताउँदै यसको विस्तार र दिगोपनाको लागि सबैको सहयोग अपरिहार्य रहेको बताए । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले पछिल्लो पुस्तामा नैतिक शिक्षाको अभाव रहेको भन्दै आवश्यक नैतिक शिक्षा र व्यवहारिक ज्ञान प्रदानमा पुस्तकालयको महत्वपूर्ण भूमिका रहने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्र प्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष कमलराज भट्टराई, रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल, किताब यात्राका प्रमुख ऋषि आचार्य र रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले ज्ञानको लागि पुस्तक अपरिहार्य रहे पनि पठनसीपको अभाव रहेको उल्लेख गरे ।
कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले अहिले पहिलो चरणमा धार्मिक, सांस्कृतिक, साहित्य, इतिहास तथा पाठ्यक्रमका पुस्तकहरु गरी चार हजार पाँच सयभन्दा बढी पुस्तक राखिएको जानकारी दिए । उनले कार्यविधी अनुसार पुस्तकालय सञ्चालन गरिने भन्दै स्थानिय, प्रदेश र संघीय सरकारको सहकार्यमा इ-लाइब्रेरीको अवधारणा अनुसार अघि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण