अमेरिकी नवनिर्वाचित राष्ट्रपति बाइडेनले मंगलबार नयाँ मन्त्रिमण्डल घोषणा गर्ने
एजेन्सी । अमेरिकामा नयाँ सरकारको गठन प्रक्रिया विस्तारै सुरु भएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले मंगलबार आफ्नो मन्त्रीमण्डलको घोषणा गर्ने भएका छन् । उनले यसअघि नै वित्तमन्त्रीको चयन गरिसकेका छन् । यही बीचमा ट्रम्पका पर्यवेक्षकहरुले थुप्रै ठाउँहरुमा मतगणना रोक्न प्रयास गरेका थिए । यद्यपि, ट्रम्प पक्षधरले त्यो अभियानलाई जारी नै राखिरहेका छन् । उनीहरुले जर्जियामा पुनः मतगणना गर्न माग गरिरहेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार ह्वाइट हाउसका चीफ अफ स्टाफ रोन क्लाइनले आइतबार एक कार्यक्रमम भने– ‘तपाईहरुले आगामी मंगलबार नयाँ मन्त्रिपरिषदको जानकारी प्राप्त गर्नुहुनेछ । मन्त्रिमण्डलमा को–को पर्नेछन् भनेर जान्न चाहानुहुन्छ भनेचाहि तपाईहरुले मंगलबारसम्म कुर्नुपर्ने हुन्छ । मन्त्रिमण्डल नव निर्वाचित राष्ट्रपति आफंैले घोषणा गर्नेछन् ।’
वाइडेनले आफ्नो प्रशासनमा अमेरिकाका सबै वर्गलाई उचित प्रतिनिधित्व गर्ने वाचा गरेका छन् । गत हप्ता उनले भनेका थिए कि त्यस्ता व्यक्तिलाई मात्र मन्त्रिपरिषदमा समावेश गरिनेछ, जुन डेमोक्र्याटिक पार्टी लगायत सबैलाई स्वीकार्य हुन्छ । उनले आफ्नो मन्त्रिपरिषदका लागि केही व्यक्तिहरुलाई पनि छानिसकेका छन् । जसमा पूर्व संघीय अध्यक्ष जेनेट एलेन, वर्तमान फेडरल गभर्नर लेएल ब्रेनाड, सारा ब्लुम रुस्किन र एटलान्टाका फेडरल रिजर्व बैंकका अध्यष राफेल बोस्टिक रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण