बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

स्थानीयले थाले ‘म बनाउँछु मेरो गाउँ’ अभियान

सोमबार, ०८ मङ्सिर २०७७, १४ : ०१
सोमबार, ०८ मङ्सिर २०७७

रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिका वडा नम्बर १० का स्थानीयले ‘म बनाउँछु मेरो गाउँ’ अभियान सुरुवात गरेका छन् । यसको सुरुवात सोही वडामा रहेको जनविकास माविबाट सुरु भएको छ । जसअनुसार जनविकास माविको शैक्षिक तथा भौतिक सुधारका लागि नगद संकलन भएको छ । स्थानीय भिमराज केसी,महानराज ओली, एकराज केसी र गोविन्द केसीको अगुवाईमा विद्यालयको समग्र अवस्था सुधार्न सहयोग समेत संकलन सुरु भएको हो ।

विद्यालयको लागि एकै दिन १५ लाख रुपैयाँ संकलन भएको छ । उक्त अभियानमा यती बिल्डर्सले ५ लाख नगद सहयोग गरेको छ । टिकाराम केसी र बमबहादुर ओलीले एक लाख नगद सहयोग गरेका छन् । 
यसैगरी महेन्द्र कुसारीले ७५, खड्कबहादुर केसी र प्रेमराज केसीले ५०–५० हजार नगद सहयोग गरेका छन्। 

यसैगरी गोर्खबहादुर केसीले ४०, महानराज ओली,कल्पना डाँगी, लक्ष्मीराज केसी, लक्ष्मी खड्का ओली र ध्रुवराज केसीले ३०–३० हजार, नवराज केसीले २८ हजार ५ सय, खड्कबहादुर केसीले २७ हजार,देवबहादुर केसीले २६ हजार, एकराज केसी, धनराज ओली,विर्खे खत्री, खड्कबहादुर खत्री, शक्तिराज केसीले २५–२५ हजार नगद सहयोग गरेका छन् भने जनचेतना स्वास्थ्य आमा समूहले २० हजार ५ सहयोग गरेको छ ।

यस्तै अन्य धेरै स्थानीयले पनि अभियानका लागि नगद योगदान गरेको   ‘म बनाउँछु मेरो गाउँ,’ अभियानका अभियान्ता भिमराज केसीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप