सभामुखबाट सांसद पाण्डेले लिए शपथ
काठमाडौं । नेपाली काँग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय संसद प्रतिनिधिसभा सदस्यका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएसँगै पाण्डेले सोमबार दिउँसो सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सपथ ग्रहण गरेका हुन् । पाण्डेलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सपथ ग्रहण गराएका हुन् ।
प्रतिनिधिसभा सदस्य सुर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको उक्त पदमा नेपाली काँग्रेसले स्याङ्जाका पाण्डेलाई चयन गरेको हो । काँग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा केसीपछि खस आर्यतर्फको कोटामा पाण्डेको नाम समावेश थियो ।
प्रतिनिधिसभा सदस्यको रुपमा सपथ ग्रहण गरेपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद पाण्डेले संघीय संसदको गरिमा उचो बनाउन आफ्नो भूमिका रहने बताए । यस्तै पछिल्लो समय प्रतिपक्ष प्रति जनताको बीचमा विकास भएको धारणालाई चिर्न थप सशक्त भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत पाण्डेले व्यक्त गरे ।
२०३७ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भई पाण्डेले राजनीतिक यात्रा सुरु गरेका थिए । यस्तै २०४३ सालमा नेपाल विद्यार्थी संघ त्रिभुवन बहुमुखी क्यमम्पस पाल्पाको सभापति, २०४८ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएर काम गरेका थिए ।
यस्तै पार्टीको जिल्ला कार्य समिति, महाधिवेसन प्रतिनिधि र महासमिति सदस्य हुँदै पार्टीमा सक्रिय भूमिकामा रहेका पाण्डे २०६४ सालको निर्वाचनमा स्याङजा क्षेत्र नं. ३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण