हिउँदे अधिवेशन सुरु गर्ने सम्बन्धमा छलफल भैरहेको छः सभामुख सापकोटा
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्ने सम्बन्धमा सरकारसँग छलफल भइराखेको बताएका छन् । सभामुख सापकोटाले अधिवेशन सुरु गर्न संसद सचिवायल तयारी अवस्थामा रहेको र सरकारसँग पनि छलफल भइराखेको बताएका हुन् ।
सोमबार सिंहदरबारस्थित संसद सचिवायलमा नेपाली काँग्रेसका नेता मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराएपछि पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख सापकोटाले एक महिना भित्र संसद् अधिवेशन सुरु हुने गरी छलफल भइराखेको बताए ।
उनले भने– ‘अब नयाँ अधिवेशन करिब करिब १ महिना पछाडि सुरु हुन्छ । कुराकानी चल्दै छ । सकेसम्म अगाडी नै चलाउनका लागि कुराकानी चल्दैछ ।’ कोरोना महामारीका कारण संसद चलाउने सम्बन्धमा विभिन्न विकल्पमा समेत छलफल भइराखेको उनले बताए ।
हिउँदे अघिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने सभामुख सापकोटाले प्रष्ट पारेका छन् । उनले भने– ‘पछि ती अध्यादेशहरुमा सदनमा छलफल हुने नै छ । सकेसम्म चाँडो सदन राख्नका लागि छलफल चल्दै छ ।’
संसद अधिवेशन नबोलाइएकोमा सरकार र संसदको नेतृत्वमाथि आलोचना भइरहेको अवस्थामा सभामुख सापकोटाले छिट्टै अधिवेशन बोलाउने तयारी भइरहेको बताएका हुन् । बजेट पारित भएपछि सकिएको संसद अघिवेशन अहिलेसम्म पनि आव्हान हुन सकेको छैन् । संसद अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आव्हान गर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण