बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाल्पामा जिप दुर्घटनाः दुई घाईते

मङ्गलबार, ०९ मङ्सिर २०७७, ०९ : ३१
मङ्गलबार, ०९ मङ्सिर २०७७

बुटवल  । गएराति पाल्पामा जिप दुर्घना हुँदा दुई जना घाईते भएका छन् । 

जिल्लाको रम्भा गाउँपालिका वडा नम्वर २ टिम्मुरडाँडा स्थित भित्री सडकमा गोरङचेबाट झोकेदी तर्फ मलामी छाडेर फर्केको लु १ ज २१६३ नम्वरको जिप अनियन्त्रित भई सडकदेखि करिव सय मिटर तल खस्दा दुई जना घाईते भएका हुन् ।

घाईते हुनेमा सोही गाउँपालिका वडा नम्वर २ का जिप चालक ४५ बर्षीय खुमबहादुर सुनारी र सहचालक सोही स्थानका ३४ बर्षीय दिपबहादुर सिंजाली रहेको पाल्पाका प्रहरी प्रबक्ता डिएसपी मदन गिरिले जानकारी दिए । 

डिएसपी गिरीका अनुसार घाईते दुबै जनाको लुम्विनी मेडिकल कलेज पाल्पा प्रभासमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप