सात जुवाडे पक्राउ
दाङबाट सात जुवाडेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–२ लालमटियास्थित गोपाल खत्रीको घरमा राप्ती गाउँपालिका–३ निवासी २१ वर्षीय यमबहादुर राणाले सञ्चालन गरेको राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा रु एक लाख ४६ हजारसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार प्युठान सरुमारानी गाउँपालिका–३ निवासी ५० वर्षीय चुमानसिंह सुनार, सोही ठाउँका ३५ वर्षीय अल्ली शाह, सरुमारानी–१ का २४ वर्षीय एडिस मियाँ, सोही ठाउँका ४० वर्षीय अकबर हुसेन मियाँ, सोही गाउँपालिका–३ निवासी ४४ वर्षीय कृष्णबहादुर राना, राप्ती गाउँपालिका–२ निवासी यमबहादुर राना र सोही गाउँपालिका–१ निवासी ४२ वर्षीय रुपेश आलेलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट जुवामा प्रयोग हुने १० गड्डी तास र एक थान गलैँचासमेत बरामद गरेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण