चिर्पट प्रहारबाट ८४ वर्षीया वृद्धाको मृत्यु, चार घाइते
दाङ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर १ चिसापानीमा चिर्पट प्रहार गर्दा ८४ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ ।
गढवा गाउँपालिका १ का २८ वर्षीय जीवन घर्तीले ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई चिर्पट प्रहार गरी घाइते भएपछि उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
चिर्पट प्रहारबाट उनकी २८ बर्षीया श्रीमती वसन्ती घर्ती, ९ वर्षका छोरा बसन्त, ६ वर्षीया छोरी लक्ष्मी र ३० वर्षका दाजु खिमबहादुर घर्ती पनि घाइते बनेका छन् ।
घाइतेमध्ये खिमबहादुरको अवस्था सामान्य रहेकाले उनको स्थानीयस्तरमै उपचार भइरहेको छ । अन्यको थप उपचारको लागि बुटवल लगिएको छ । परिवारका सदस्य सुतिरहेको समयमा जीवनले परिवारका सदस्यहरुलाई टाउको तथा शरिरका विभिन्न भागमा प्रहार गरेको प्रहरीले जनाएको छ ।
दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले हत्या आरोपित जीवनको मानसिक सन्तुलन ठिक नभएको भन्ने जानकारी प्राप्त भएको बताए । प्रहरीले जीवनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण