विश्वका सय प्रतिभाशाली महिलाहरुको सूचीमा पर्ने सपना के भन्छिन् ? (भिडियो)
काठमाडौं । बीबीसीमार्फत विश्वका सय प्रतिभासाली र प्रेरणादायी महिलाहरुको सूचीमा पर्न सफल भएकी सपना रोकामगरले आफुलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । बीबीसीले विश्वभरका सय प्रतिभाशाली महिलाहरुको सूचीमा नाम प्रकाशित गरेलगत्तै एक भिडियो सन्देशमार्फत उनले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी हुन् ।
भिडियोमार्फत सपनाले सफलताका धैर्यतापूर्वक आफ्नो अभियानमा लागे सफलता चुम्न सकिने समेत बताएकी छिन् । बीबीसीले विश्वभरका सय महिलाहरुको सूची सार्वजनिक गरिरहँदा गृहजिल्ला म्याग्दीको गाउँमा रहेकी सपनाले आफु उक्त सूचीमा परेको खबर सुनेलगत्तै निकै खुसी भएको अनुभव सुनाएकी छिन् ।
सडक र गल्लीहरुमा भेटिएका बेवारिसे व्यक्ति र शवहरुको व्यवस्थापनमा जुटिरहेकी उनी यो बेला भने आफ्नो जन्मदिनमा प्राप्त भएको उपहार(आर्थिक सहयोग) लिएर म्याग्दीको बुकेनी गाउँमा पुगेकी छिन् । आर्थिक रुपमा अत्यन्तै पिछडिएका गरिबहरुलाई आर्थिक सहयोग गर्न उनी गाउँ पुगेकी हुन् । बुकेनी गाउँ उनको जन्मस्थान समेत हो ।
आफ्नो जन्मदिनका दिन विदेशमा बसेका सहयोगी मनहरुले पठाएको पैसा र त्यसबाट प्राप्त भएको सामान उनले गाउँमा गएर बाँडेकी छिन् । एक महिनादेखि सो अभियानमा रहेकी उनले आफुलाई यस्तो काम गर्न पाउँदा खुसी लाग्ने बताइन् । उनले आफुलाई शुभकामनासहितको साथ र हौसला दिनेलाई धन्यवाद दिएकी छिन् । उनले मिडियाकर्मीहरुलाई समेत धन्यवाद दिएकी छिन् । मिडियाकर्मीहरुले आफुहरुले गरेको कामको प्रसारण गरिदिएकोले नै आफुले यो सफलता चुमेको बताइन् ।
हेर्नुहोस् भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण