आजको मौसम पूर्वानुमान : यी स्थानमा हिमपातको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव छ ।
पश्चिमी वायुको प्रभावका कारण हाल बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदलि र बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडि भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
यसैगरी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा साथै प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, राति देशका पहाडि भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूआंशिक बदली रहनेछ ।
भने, गण्डकी, कर्णाली र सुदूरपश्चिम र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा कांग्रेसले असभ्य व्यवहार देखायो : ओली
-
राष्ट्रियसभा बैठक आइतबारसम्म स्थगित
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ