बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमितको मृत्यु

बिहीबार, ११ मङ्सिर २०७७, ११ : ०४
बिहीबार, ११ मङ्सिर २०७७

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा अनुसार  बुटवल उपमहानगरपालिका–९ की ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।

कार्तिक १४ गते कोरोना संक्रमण पुष्टि भएकी महिला २८ गते अस्पताल भर्ना भएकी थिइन्  । उनको उपचारका क्रममा आज विहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । संक्रमित महिला मधुमेह र निमोनियाको दीर्घरोगी रहेको  थिइन् । उनको मृत्युसगै प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ११८ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप