बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाल यौन दुराचारी शिक्षक पक्राउ

बिहीबार, ११ मङ्सिर २०७७, १६ : २६
बिहीबार, ११ मङ्सिर २०७७

बुटवल । आफैंले पढाउने ११ वर्षीया बालिकालाई यौन दुराचार गरेको आरोपमा कपिलवस्तुका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ९ गते दिउँसो १२ बजेको समयमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० भगवानपुरस्थित बुद्ध ज्ञानज्योति बोर्डिङ्ग स्कुलका प्रिन्सिपल ४० वर्षीय यम खानले सोही स्कुलमा अध्यनरत ११ वर्षीया बालिकालाई यौन दुराचार गरेको प्रहरीको भनाइ छ ।

बिहीबार प्रहरीले सञ्चारकर्मीलाई दिएको जानकारीअनुसार निज प्रिन्सिपलले ती बालिकालाई आफ्नो कार्यकक्षमा लगेर यौन दुराचार गरेको भन्दै पीडितपक्षले जाहेरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरेको हो । प्रहरीले प्रिन्सिपल खानलाई पक्राउ गरी बाल यौन दुराचार सम्वन्धी मुद्दा दर्ता गरिएको कपिलवस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप