शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी मुद्दामा थुनामा रहेका एक थुनुवा कारागारबाट फरार

शुक्रबार, १२ मङ्सिर २०७७, ०९ : २०
शुक्रबार, १२ मङ्सिर २०७७

कारागार कार्यालय चितवनका एक थुनुवा फरार भएका छन् । 

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार जबरजस्ती करणी मुद्दामा गएको साउन २० गतेबाट थुनामा रहेका रेशमलाल श्रेष्ठ फरार भएका हुन् ।

उनका अनुसार साँझ ५ः३० बजे कैदीबन्दी गणनाका क्रममा बन्दीको सङ्ख्या कम भएपछि खोजी गर्दा उनी फरार भएको थाहा भएको हो । 

कालिका नगरपालिका–२ पदमपुर घर भएका ४५ वर्षीय उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप