पाकिस्तानले भारतीय सीमामा गोली चलायो, दुुई जवानको मृत्युु
एजेन्सी । पाकिस्तानले सीमा क्षेत्रमा गोली चलाउँदा दुई भारतीय जवानको मृत्यु भएको छ । शुक्रबार पाकिस्तानले जम्मू–कास्मिरस्थित राजौरी जिल्लामा भारी गोलाबारी गरेको भारतको रक्षा मन्त्रालयले जनाएको हा । रक्षा मन्त्रालयका अनुसार सुन्दरबनी सेक्टरमा पाकिस्तानले गोली चलाएको हो ।
यसक्रममा दुई जवान नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुखबीर सिंह गम्भिर घाइते भएका थिए । उनीहरुको मृत्यु भएको छ । यस हमलापछि भारतीय सेनाले पनि जवाफी हमला गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि बिहीबार दिउँसो १ बजेर ३० मिनेट जाँदा पाकिस्तानले पुन्छ जिल्लास्थित किरनी, कस्बा र शाहपुर सेक्टरम साना हतियार प्रयोग गर्दै गोलाबारी गरेको थियो ।
यस हमलामा सेनाका सूबेदार स्वतन्त्र सिंह मारिएका थिए भने अर्का एक सर्वसाधारण घाइते भएका थिए । पाकिस्तानी सेनाले केही दिनअघि मात्रै डिगवार, मालती र दल्लन इलाकामा पनि युद्धविराम उल्लंघन गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण