कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै
कालिकोट जिल्लामा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । कोरोना नियन्त्रणका लागि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले समन्वकारी काम गर्दा सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।
जिल्लामा हालसम्म २४५ जनामा सङ्क्रमण दखिएको र तीमध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या दुई जनामात्र रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक कटकबहादुर महतले जानकारी दिए । “जिल्लाभर कोरोना सङ्क्रमितको सङ्ख्या चार रहेको थियो”, उनले भने, “दुई जना आज नै सङ्क्रमण निको भएर घर पठाइएको छ । हाल कोरोना विशेष अस्पतालमा दुई जना मात्र रहनुभएको छ ।”
कोराना सङ्क्रमण निको भएर हालसम्म २४३ जना घर फर्किएका र हालसम्म ६६४९ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको उनले बताए ।
नौ स्थानीय तहमध्ये रास्कोटमा ३५, खाँडाचक्रमा २३ , तिलागुफा नगरपालिकामा ३१ , पलाँतामा तीन, सान्नी त्रिवेणीमा ३८, नरहरिनाथमा ४३ , शुभकालिकामा ३७ , महावैमा १३ , पचालझरना गाउँपालिकामा दुई र अन्य जिल्लाका १७ जनामा कोरोना सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण