सडक निर्माणमा ढिलासुस्ती गरेको विरोधमा चक्काजाम
बुटवल । सडक निर्माणमा ढिलासुस्ती गरेको विरोधमा रुपन्देहीको बेलहियामा आइतबार स्थानीयवासीले चक्काजाम गरेका छन् ।
बुटवल–बेलहिया व्यापारिक मार्ग निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै बेलहिया गाउँ समाजको अगुवाइमा चक्काजाम गरिएको हो । निर्माण सुरु गरेको सात वर्ष भइसक्दा पनि निर्माण सम्पन्न नभएपछि उक्त सडकको अन्तिमविन्दु मानिने ठाउँमा विरोध प्रदर्शन भएको हो ।
२७.५ किलोमिटर लामो सडकमध्ये विभिन्न खण्डमा छुट्टाछुट्टै ठेकेदारले निर्माणको जिम्मेवारी लिएका थिए । जसअनुसार बेलहियातर्फ ७०० मिटर निर्माण सम्पन्न हुन बाँकी छ । सोही सडकखण्डको बुटवलतर्फ छुट्टै विषयमा विवाद भइ निर्माण रोकिए पनि बेलहियातर्फ ठेकेदारकै लापरवाहीले जम्मा ७ सय मिटर सडक निर्माणमा ढिलाइ भएको स्थानीयवासीको आरोप छ ।
इलाका प्रहरी कार्यालय बेलहियादेखि बाइपास सडकसम्मको साढे ७ सय मिटर सडक निर्माण हुन बाँकी छ । उक्त सडक नबन्दा बेलिहया–बुटवल सडकखण्ड अन्तर्गत मुख्य प्रवेशद्वार आसपास धुलाम्य भएर यात्रा गर्नुपर्ने बाध्यता छ ।
स्थानीयवासी देवराज न्यौपानेले सडक छिटो सम्पन्न गर्न माग गर्दै आफुहरुले साढे दुई घण्टा चक्काजाम गरेको बताए । सडक निर्माण कार्यमा ध्यान नदिए आगामी दिनमा बेलहियामा रहेको भैरहवा भन्सार कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालयसमेत ठप्प पार्ने स्थानीयवासीको चेतावनी छ ।
सडकको विषयमा बारम्बार लिखित रुपमा जिल्ला प्रशासन कार्यालयमा पुगेर ध्यानाकर्षण गराउँदा पनि सडक नबन्नु स्थानीय प्रशासन र निर्माण व्यवसायीको लारवाहीको नमुना भएको र बाध्य भएर आफूहरु चक्काजाममा उत्रनुपरेको स्थानीय उज्जवल पोखरेलले बताए ।
बुटवल–बेलहिया व्यापारिक मार्ग निर्माण आयोजनाकी इञ्जिनियर शुभेच्छा सारुले निर्माण सम्झौता गरेको विरुवा कन्स्ट्रक्शनलाई पुनः पत्राचार गरेर छिटो काम सक्न निर्देशन दिएको बताईन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण