अर्थमन्त्री पौडेलको संसद विकास कोषको रकम स्वास्थ्य क्षेत्रमा खर्च
रुपन्देही क्षेत्र नम्बर २ का सांसद तथ संघीय अर्थमन्त्री विष्णु पौडेलले यो वर्षको संसद विकास कोषको सबै बजेट स्वास्थ्य क्षेत्रमा लगाएका छन् ।
कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी गनुपर्ने आवश्यकता देखिएपछि पौडेलले संसद विकास कोषको चार करोड रकम स्वास्थ्य क्षेत्रमा लगाएका हुन् ।
गत वर्ष संसद विकास कोषको सबै रकम शिक्षा क्षेत्रमा लगानी गरेका पौडेलले यो वर्ष भने ४ करोड रुपयाँ स्वास्थ्य क्षेत्रमा लगाएको मन्त्रीका स्वकीय सचिव यमराज पाण्डेयले जानकारी दिए ।
विनियोजन गरिएको बजेट अनुसार रूपन्देहीको शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवम् सुदृढीकरण कार्यक्रम अन्तर्गत तिलोत्तमा नगरपालिका वडा नं. २ लाई १ करोड र पदमपाणि योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रम अन्तर्गत सैनामैना नगरपालिका वडा नम्बर एकलाई पनि १ करोड छुट्याइएको छ ।
त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा सन्चालन गर्न बुटवल उपमहानगरपालिका वडा नं. ९ लाई ५० लाख, शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रम अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. १२ लाई १ करोड ५० लाख छुट्याइएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण