बलात्कारको घटना मिलाउन दबाब दिने वडाध्यक्ष पक्राउ
काठमाडौं । बलात्कारको घटनाको मिलाउन खोज्ने बैतडीको सिगास गाउँपालिका-३ का वडाध्यक्ष शेर सिंह साउद पक्राउ परेका छन् । सोही वडाको ठुलसैनीका १९ बर्षकी किशोरीलाई डरधम्की देखाइ २१ बर्षका दिपक सिंह धामीले ०७७ जेठ २३ गते बलात्कार गरेको घटना वडाध्यक्षलाई जानकारी गराउदा मिलापत्र गर्न दबाब दिएका थिए । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यलयका प्रवक्ता तथा एसएसपी मुकेश कुमार सिंहका अनुसार वडाध्यक्ष साउदले प्रतिबादीलाई भगाउने र अपराध लुकाउने कार्य गरि मतियारको काम गरेको अनुसन्धानबाट खुलेको छ ।
घटनामा सम्लग्न रहेको आरोपमा मनोज सिंह, अम्मर सिंह, गोपाल सिंह धामी, नर बहादुर धामी र राजेन्द्र सिंह धामी पक्राउ परिसकेको एसएसपी सिंहले रातोपाटीलाई जानकारी दिए । उनीहरुविरुद्ध मङ्सिर ११ गते जिल्ला प्रहरी कार्यालय बैतडीमा जाहेरी परेको थियो । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण