बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

परिवारसँग प्रेमको त्यो अन्तिम संवाद : शव घरमा पुग्दाको यो सन्नाटा

आइतबार, १४ मङ्सिर २०७७, १९ : २८
आइतबार, १४ मङ्सिर २०७७

तुलसीपुर । भारतीय नम्बरबाट शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा बस्ने भगवती केसीलाई फोन आयो । तर दुःखको सन्देश बोकेर । फोन गर्नेले भने, 'तपाईको श्रीमान (प्रेम केसी)लाई गोली लागेको छ । भेट्न आउनुस म उहाँको साथी हो ।'

फोनबाट यस्तो सन्देश आउपछि प्रेमका बुबा लालबहादुर केसीले सोही नम्बरमा फोन डाइल गरे । भारतीय सेनाबाट रिटायर्ड लालबहादुरले विस्तृतमा बुझ्दा प्रेमले संसार छोडिसकेका रहेछन् ।

अनि लालबहादुर छोराको शव लिन आफै भारततिर पुगे । आइतबार छोराको शव ल्याएर लालबाहदुर पुगे । मृत्यको खबरले भावह्विल बनेको परिवारमा शव घरमा पुग्दा सन्नाटा  छायो ।

‘भारतको सुन्दर माबनी सेक्टर जम्मुमा बिहानको डिउटीमा बसेको बेला  पाकिस्तानी सेनाले हानेको गोली लागेर प्रेमको मृत्यु भयो,’ भारतीय सेनाका सुवेदार लक्ष्मण हमालले भने, ‘यो चलिरहन्छ । हामीले पनि हान्छौ उनीहरुले पनि हान्छन् ।’ उनको कुरा सुन्दा लाग्छ यो गोली हान्ने कुरा सामान्य हो । तर बाँच्नका लागि चलाखी गर्नुपर्छ । पाकिस्तानी सेनाले हानेको गोली प्रेमको निधारमा लाग्यो तत्कालै उनी भुँइमा लडे ।

३१ बर्षका प्रेमले अघिल्लो दिन 'जनवरीमा विदा हुन्छ त्यसपछि आउँछु' भनेर घरपरिवारका बा–आमा, श्रीमती र छोराछोरीसँग भिडियो संवाद गरेका थिए । तर अब प्रेम घरमा कहिल्यै नआउनेगरि विदेशी भूमिमा विदेशी भूमिमा दुस्मनको शिकार बने ।

ड्युटीमा बसेका प्रेमलाई दुस्मनले एकाबिहानै करिब ५ बजे निशाना बनाए र नउठ्नेगरि सधैका लागि जमिनमा लडाए  । १३ वर्षअघि भारतीय सेनामा जागिर खाएका प्रेम सेनाको नायकसम्म पुगेका थिए ।

श्रीमानको मृत्युको खबरले भावह्विल भएकी श्रीमती छिनछिनमा मूर्छा पर्ने र बेहोस हुने गर्छिन् । प्रेमका ५ वर्षका छोरा आरब र ७ वर्षकी छोरी अनु छन् । प्रेमको आइतबार नै अन्तिम दाहासंकार गरिएको छ । तुलसीपुरको बबईनदीमा अन्त्यष्टि गरिएको परिवारले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप