नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले लिए सपथ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमितिमा नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष शेखर गोल्छासहित नवनिर्वाचित पदाधिकारीहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
गोल्छालाई निवर्तमान अध्यक्ष भवानी राणाले पद तथा गोपनियताको सपथ गराए । अध्यक्ष गोल्छाले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तथा उपाध्यक्षहरू अन्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसहित नव निर्वाचित सदस्यहरूलाई पद तथा गोपनियताको ग्रहण गराएका थिए ।
मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा सम्पन्न ५४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । गोल्छा महासंघको विधानअनुसार स्वतः अध्यक्ष भएकी हुन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ ।
गोल्छा साढे ३ वर्ष अघिको निर्वाचनमा किशोर प्रधानलाई हराएर वरिष्ठ उपाध्यक्ष बनेका थिए । शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा ढकालसहित उपाध्यक्षहरु अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र संघाइत निर्वाचित आइतबार सम्पन्न निर्वाचनबाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण