गैँडा मृत्युबारे समितिले थाल्यो छलफल
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय गैँडा मर्ने क्रम बढेसँगै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले छलफल थालेको छ । छलफलका लागि समितिका सभापति पूर्णकुमारी सुवेदी नेतृत्वको सात सदस्यीय टोली निकुञ्जको कार्यालय कसरा आइपुगेको हो । टोलीले गैँडाको संरक्षणमा काम गर्ने सङ्घ संस्था तथा संरक्षणकर्मीसँग अन्तक्र्रिया गर्नेछ ।
चितवन राष्ट्रिय निकुञ्जमा चालू आर्थिक वर्षमा मात्रै विभिन्न कारणबाट १६ गैँडाको मृत्यु भइसकेको छ । यसमध्ये चार गैँडा चोरी शिकारबाट मरेको निकुञ्जको तथ्याङ्क छ । विश्वमै दुर्लभ मानिने एक सिङ्गे गैँडाको मृत्यु हुने क्रम बढेपछि संरक्षणकर्मी चिन्तित बनेका छन् । वन र वन्यजन्तुको संरक्षणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्जले काम गरिरहेका छन् ।
सन् २०१५ मा भएको गैँडा गणना अनुसार निकुञ्जमा ६०५ गैँडा थिए । यो बीचमा १५६ गैँडाको विभिन्न कारणबाट मृत्यु भएको छ । निकुञ्जले केही वर्ष शून्य चोरी शिकार वर्ष मनाए पनि अहिले भने गैँडा मर्ने क्रम रोक्न निकुञ्ज विशेष रणानीतिका साथ अगाडि बढ्ने भएको छ । कालगतिबाट गैँडा मर्ने कुरा सामान्य भए पनि चोरी शिकारबाट गैँडा मर्नुमा अन्तर्राष्ट्रिय गिरोहको संलग्नता रहेकोआशङ्का गरिएको छ ।
निकुञ्जसँग जोडिएका विपन्न समुदायका लागि निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षणकोष सौराहाले आयमूलक सीपका लागि तालीम दिने काम गरिरहेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्ज गैँडाको मृत्युबारे गम्भीर भएर यसको समस्या पत्ता लगाई समधानमा लाग्ने बताए ।
कोरोनाका कारण भएको बन्दाबन्दीले निकुञ्जमा चोरी शिकार बढेको आशङ्का गरिएको भए पनि यसले कुनै प्रभाव नपारेको निकुञ्ज प्रमुख बरालको भनाइ छ । निकुञ्जले गैँडाको चोरी शिकार नियन्त्रणका लागि यस आसपासका बस्तीमा विषेश निगरानी समेत बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण