संयुक्त राष्ट्रसंघद्वारा नेपाली शान्ति सैनिकको प्रशंसा
काठमाडौं । शान्ति स्थापनार्थ दक्षिण सुडान तैनाथ नेपाली शान्ति सैनिकले सम्भावित ठुलो जातीय हिंसा हुनबाट जोगाएको भन्दै संयुक्त राष्ट्रसंघले प्रशंसा गरेको छ । कुइबेट इलाकामा तैनाथ कालिध्वज गण अन्तर्गतको अस्थायी अपरेटिङ बेसबाट यही मंसिर १० गते खटिएको नेपाली शान्ति सैनिकले त्यहाँका बासिन्दाहरुलाई सम्भावित ठुलो जातीय हिंसाबाट जोगाएका हुन् ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार गण हेडक्वाटर तैनाथ रहेको स्थान रुम्बेकबाट करिब ७० किलोमिटर उत्तरपश्चिममा रहेको सो इलाकां नजिकै रहेको पशु शिविरमा चोरी गर्न आएको भनिएका कंगोर जातीको एक व्यक्ति झडपमा मारिएपछि कंगोर जाती र अयेल जातीका बासिन्दाबीच हिंसाको रुप लिएको थियो ।
हिंसा भड्किन सक्ने खबर प्राप्त भएपछि अस्थायी अपरेटिङ बेसबाट सहसेनानी विज्ञान विष्टको कमाण्डमा खटिएको ‘क्विक रिएक्सन फोर्स’ उक्त हिंसाग्रस्त क्षेत्रमा परिचालन भइ दुई पक्षबीच झडप हुनबाट जोगाएको बताइएको छ । सो इलाकामा सुरक्षा स्थिति साम्य भएपपछि युएन मिशनका अन्य अंगहरुले त्यहाँस्थित विभिन्न जातीय समुदायहरुबीच शान्ति कायम गराउने कार्य सुरु गरेका थिए ।
जातीय द्वन्द्वका कारण नरसंहारबाट गुज्रिएको उक्त मूलुकमा यस प्रकारका घटनाको पुनराबृत्ति हुनबाट जोगाउन नेपाली शान्ति सैनिकहरुले गरेको योगदानलाई संयुक्त राष्ट्रसंघबाट उच्च प्रशंसा भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण