बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु
बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङका एक पुरुष र गुल्मीकी एक महिला रहेका छन् ।
अस्पतलमा सुचना अधिकारी डा. विष्णु गौतमले दाङको तुल्सीपुर उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको आज बिहान साढे ८ बजे कोरोना विशेष अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
कोरोना संक्रमण पुष्टि भएपछि उनी दाङको बेलझुण्डी अस्पतालमा भर्ना भएका थिए । त्यहाँ आइसीयूको अभाव भएपछि सोमबार मात्र रिफर गरेर बुटवल ल्याइएको थियो । यहाँ उपचार गर्ने क्रममा मृत्यु भएको डा. गौतमले बताए ।
यस्तै कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाकी ५० वर्षीया महिलाको पनि गएराति नै मृत्यु भएको अस्पतलाले जनाएको छ ।
मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेनमा रहेकी उनलाई १५ गते सोमबार अस्पतालमा भर्ना गरिएको थियो । कोरोना अस्पतालको आइसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण