मन्त्री पुनद्वारा रोल्पामा १५ शय्याका तीन अस्पताल शिलान्यास
रोल्पा । ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले गृह जिल्ला रोल्पामा तीन अस्पतालको शिलान्यास गरेका छन् । मन्त्री पुनले परिवर्तन गाउँपालिका–६ चप्का, माडी गाउँपालिकाको घर्तीगाउँ र त्रिवेणी गाउँपालिकाको जुँगारमा अस्पताल शिलान्यास गरेका हुन् । तीनवटै अस्पताल १५ शय्याका छन् । आधारभूत स्वास्थ्यसेवा नपुगेका मुलुकका ३ सय ९६ पालिकामा ५ देखि १५ शय्याको अस्पताल स्थापना गर्ने संघीय सरकारको नीतिअनुरुप रोल्पामा यसै वर्ष १५ शय्याका ५ अस्पताल निर्माण हुँदैछन् ।
अस्पतालको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री पुनले संवैधानिक प्रावधानअनुसार सरकार जनताको आधारभूत स्वास्थ्य ग्यारेण्टी गर्ने दिशातर्फ अग्रसर रहेको बताए । ‘नयाँ संविधानले स्वास्थ्य, शिक्षा, आवाश, रोजगारी र खाद्य सुरक्षा जनताको आधारभूत अधिकार मानेको छ’, मन्त्री पुनले भने, ‘संविधानले प्रदान गरेको हक जनतालाई दिलाउने क्रममा सरकारले हरेक पालिकामा अस्पताल स्थापना गर्न लागेको हो ।’ मन्त्री पुनले कसैको दयाले नभई यी अधिकार माओवादी जनयुद्ध, जनआन्दोलन र सामाजिक आन्दोलनका बलमा प्राप्त भएको चर्चा गरे ।
मन्त्री पुनले वर्तमान सरकारको प्राथमिकता विकास, समृद्धि र सुशासन रहेको उल्लेख गरे । स्वास्थ्य र शिक्षाका साथै सडक, विद्युतीकरण, खानेपानी, सिञ्चाइ, कृषिको आधुनिकीकरणजस्ता विषयमा सरकारले तीव्र गतिमा काम अघि बढाएको उनको भनाइ छ । संघीयता कार्यान्वयनसँगै विगतमा काठमाडौंको सिंहदरबार केन्द्रित सरकार प्रदेश र स्थानीय तह हुँदै जनताको घरघरमा पुगेको मन्त्री पुनले बताए ।
प्रदेश राजधानी तोक्ने, नामाङ्करण गर्ने, प्रशासनिक संरचना निर्माण गर्ने काममा केही समय लागे पनि अब जनताले महसुस गर्ने गरी सिंहदरबारको अधिकार गाउँमै पुग्ने मन्त्री पुनको भनाइ छ । ‘हामीले काठमाडौंको सिंहदरबारलाई गाउँगाउँमा पुर्याउँछौं भनेका थियौं’’ उनले भने, ‘विशेषज्ञ चिकित्सकसहित हरेक गाउँमा सुविधा सम्पन्न अस्पताल निर्माण हुनु हाम्रो त्यही प्रतिबद्धताको कार्यान्वयन हो ।’
विगतमा रोल्पाली जनताले विगतमा आधारभूत स्वास्थ्य सेवाका लागि समेत बुटवल र दाङ धाउनुपर्ने तीतो यथार्थ रहेको स्मरण गर्दै उनले जिल्ला अस्पताललाई ५० शय्यामा विस्तार गरिएको र अधिकांश गाउँपालिकामा अस्पताल निर्माण हुन लागेकाले अब रोल्पालीले आधारभूत स्वास्थ्य सेवा नपाएर मर्नुपर्ने दिन सकिएको उल्लेख गरे । विगतमा रोल्पा माओवादी जनयुद्धको केन्द्र रहेकामा अब शान्ति, विकास र मेलमिलापको केन्द्र बन्ने चरणमा रहेको भनाइ उनको छ । रोल्पाका १० पालिकामध्ये रोल्पा नगरपालिकामा ५० शय्याको अस्पताल सञ्चालनमा छ ।
यस्तै थवाङ गाउँपालिका, परिवर्तन गाउँपालिका, माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका, सुनील स्मृति गाउँपालिका, रुण्टीगढी गाउँपालिका, उत्तरगंगा गाउँपालिका र सुनछहरी गाउँपालिकामा १५÷१५ शय्याको अस्पताल बन्दैछ । गंगादेव गाउँपालिकामा भने आगामी आर्थिक वर्षमा अस्पताल निमर्भाण गरिने मन्त्री पुनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण